LISTEN LIVE RADIO

पछिल्लाे २४ घण्टामा दाङमा थप २३४ जना संक्रमणमुक्त, ३४ जनामा संक्रमण पुष्टि, १ को मृत्युु



पछिल्लाे २४ घण्टामा दाङमा थप २३४ जना संक्रमणमुक्त, ३४ जनामा संक्रमण पुष्टि, १ को मृत्युु

दाङ २१ जेठ ।

पछिल्लाे २४ घण्टामा दाङमा कोरोना संक्रमित थपिनेभन्दा निको हुनेदर बढेको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज दिउसो ३ बजे दिएको जानकारी अनुसार जिल्लामा ३८ जनामा संक्रमण देखिएकोमा २ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

बितको २४ घण्टामा सय जनाको पिसीआर परिक्षण गर्दा ३४ जनामा र ६० जनाको एन्टिजेन परिक्षण गर्दा ४ जना गरि १९ महिला र १९ पुरुषमा कोरोना देखिएको केन्द्रले जनाएको छ ।

त्यस्तै आज निको हुनेमा घोराहीका १०२, तुलसीपुरका ९३, लमहीका ११, शान्तिनगरका ८, दंगीशरण, राप्ती र बबईका ६/६ जना,त्यस्तै राजपुरका २ जना कोरोनाका विरामी निको भएको केन्द्रले जनाएको छ ।

त्यसैगरी आज थपिनेमा घोराहीका १३ जना, तुलसीपुरका १४ जना, लमहीका ३ जना, राप्ती र शान्तिनगरका २/२ जना त्यसैगरि राजपुर, गढवा, दंगीशरण र बबईका १/१ जना रहेका छन् । योसंगै जिल्लामा बैशाखयता संक्रमितको संख्या ७ हजार २ सय ६१ रहेको छन भने निको हुनेको संख्या ६ हजार ४ सय ८१ पुगेको केन्द्रले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा दाङका एक जनाको मृत्युु भएको छ । मृत्युहुनेमा तुलसीपुर ७ का ६२ वर्षिय पुरुष रहेको केन्द्रले जनाएको छ । यो संगै बैशाख यता जिल्लामा कोरोनाबाट मृत्युु हुनेको संख्या १ सय ८२ पुगेको छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे