LISTEN LIVE RADIO

दाङमा लागुऔषध ब्राउन सुगर सहित एक युवक पक्राउ



दाङमा लागुऔषध ब्राउन सुगर सहित एक युवक पक्राउ

घाेराही २१ जेठ । दाङमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका १ भमके निवासी ३२ वर्षिय विरबल गरङ्जालाई १ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

यसअघि पनि ब्राउन सुगर केसमा फरार गरङ्जा आज (शुक्रबार) ११ बजे पक्राउ परेको प्रवक्ता रिजालले बताए । उनलाई पक्राउ गरी लागु औषध कारोबार मुद्या चलाइ थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे