LISTEN LIVE RADIO

पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि, १०१ जनाको मृत्यु, ८६६३ डिस्चार्ज



पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि, १०१ जनाको मृत्यु, ८६६३ डिस्चार्ज

काठमाडौं २१ जेठ । पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय १ जनाको मृत्यु भएको छ र ८ हजार ६ सय ६३ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १ सय ८२ पीसीआर परीक्षणमा ४ हजार ६ सय २४ र ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षणमा २ हजार २९ गरी ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६ सय ९९ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय १ जनाको मृत्यु भएको छ र ८ हजार ६ सय ६३ जना निको भएका छन् । निको हुनेको कुल संख्या ४ लाख ७६ हजार १ सय ३० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे