पछिल्लाे २४ घण्टामा नेपालमा ८ हजार ३ सय ५ जनामा काेराेना सङ्क्रमण पुष्टि, थप १ सय ९० जनाकाे मृत्यु



पछिल्लाे २४ घण्टामा नेपालमा ८ हजार ३ सय ५ जनामा काेराेना सङ्क्रमण पुष्टि, थप १ सय ९० जनाकाे मृत्यु

काठमाण्डाै ६ जेठ ।  गएको २४ घण्टामा देशभर आठ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा आठ हजार दुई सय २७ जनामा र तीन सय ९२ जनाकाे एन्टिजेनमार्फत परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख ८८ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै गएको २४ घण्टामा ६ हजार पाँच सय ४३ जना काेराेना सङ्क्रमणमुक्त भएसँगै निकाे हुनेको सङ्ख्या तीन लाख ६६ हजार नाै सय ४६ पुगेको छ । अहिले नेपालमा एक लाख १५ हजार आठ सय ५२ सक्रिय सङ्क्रमित छन् ।

यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक सय ९० जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाका कारण पाँच हजार आठ सय ४७ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे