LISTEN LIVE RADIO

रेडियो हापुरेमा कार्यरत पत्रकार बस्नेतको निधन



रेडियो हापुरेमा कार्यरत पत्रकार बस्नेतको निधन

दाङ ३ जेठ ।  दाङका पत्रकार लक्षमण बस्नेतको निधन भएको छ । बबई गाउँपालिका वडा नम्बर ४ हापुरे निवासी बस्नेतको कोरोना संक्रमणमुक्त भएको ६ दिनपछि निधन भएको हो । कोरोना संक्रमित बस्नेतको ६ दिन अघि रिर्पोट नेगेटीभ आएको थियो ।

बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियुमा उपचारको क्रममा निधन भएको बबई गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए ।

रेडियो हापुरेमा कार्यरत पत्रकार बस्नेत करिब २९ दिनदेखि उपचारारत रहनुभएको थियो । बबई गाउँपालिका वडा नम्बर ४ निवासी बस्नेतका बुवा टोपबहादुर बस्नेतको पनि आइतबार निधन भएको थियो । उनलाई पनि चार दिनअघि कोरोना रिर्पोट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे