LISTEN LIVE RADIO

दाङमा बैशाखमा करिब पाँच हजार संक्रमित, दुई हजारले कोरोना जिते



दाङमा बैशाखमा करिब पाँच हजार संक्रमित, दुई हजारले कोरोना जिते

दाङ २ जेठ । बैशाखमा दाङमा करिब पाँचहजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङको तथ्यांक अनुसार बैशाखमहिना भर चारहजार ९ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा पीसीआर परीक्षणबाट ४ हजार ६ सय ८८ र एन्टिजिनबाट २ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये दुईहजार दुईसय १८ जनाले कोरोना जितेका छन्, भने दुई हजार चारसय ७० जना हाल उपचाररत रहेका छन् । संक्रमित हुनेमा सबैभन्दा धेरै तुलसीपुरका रहेका छन् । तुलसीपरमा बैशाखमा दुईहजार एकसय ३१ मा संक्रमण पुष्टि भएकोमा ९ सय निको भएर फर्केका छन्, भने एक हजार दुईसय ३१ जना उपचाररत छन् ।

त्यस्तै घोराहीमा एकहजार ९ सय ७५ जनामा संक्रमण पुष्टि भएकोमा एक हजार ४७ जनाले कोरोना जितेका छन्, भने ९ सय २८ जनाको उपचार जारी छ । त्यस्तै लमहीमा २ सय ३७ जनाको संक्रमण पुष्टि भएकोमा ६० जनाले कोरोना जितेका छन् । त्यस्तै गढवाका ५५ जनामा संक्रमण पुष्टि भएकोमा २७ जना निको भएका छन्, भने राजपुरका १० जनामध्ये २ जना निको भएका छन् ।

त्यस्तै राप्तीका ७८ जनामध्ये ३६ जना निको भएका छन्, दंगीशरणका ९८ जनामध्ये २१ जना निको भएर फर्केका छन्, भने बंगलाचुलीका २१ जनामध्ये ७ जनाले कोरोना जितेका छन् । त्यस्तै बबईका ८९ मध्ये ४६ जनाले कोरोना जितेका छन् भने शान्तिनगरका एकसय ४ जनामध्ये ३१ जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे