LISTEN LIVE RADIO

सांसद गंगा थारुद्धारा लमही नगरपालिका र अस्पतालमा स्वास्थ्य सामाग्री प्रदान



सांसद गंगा थारुद्धारा लमही नगरपालिका र अस्पतालमा स्वास्थ्य सामाग्री प्रदान

देउखुरी २ जेठ । प्रतितिधि सभाकी सांसद गंगा चौधरी काठमाण्डौँबाट अक्सिन सिलिन्डर सहितका स्वास्थ्य सामग्रीहरू लिएर आइतवार दाङ आइपुगेकी छिन् । सांसद चौधरी आइतवार ७ थान सिलिण्डर सहितका स्वास्थ्य सामग्रीहरू लिएर दाङ आइपुगेकी हुन् ।

दाङ देउखुरीका कोरोना संक्रमित विरामीहरु अक्सिजन नपाएर बेडमा छटपटाई रहेकाले विरामीको चित्कार सुन्न नसकि आफुले निकै संघर्ष गरेर अक्सिन सिलिन्डर सहितको स्वास्थ्य सामाग्री लिएर दाङ आएको बताइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत स्वास्थ्य विभागबाट अक्सिज सिलिन्डर, थर्मल गन, सर्जिकल मास्क, पञ्जा, सेनिटाइजर, गम्बुट, फेससिल्ड, अक्सिमिटर, पिपिई लगायतका स्वास्थ्य सामाग्री लिएर दाङ आइपुगेकी हुन् ।

यसै बिच सांसद चौधरीले ती स्वास्थ्य सामाग्रीहरु आइतवार नै लमही नगरपालिका र लमही अस्पतालमा हस्तान्तरण गरेकी हुन् । उक्त सामाग्री लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको रोहबरमा लमही अस्पतालका स्वास्थ्यकर्मीलाई सामाग्री हस्तान्तरण गरिएको हो । विपद्को वेलामा सबै पक्षबाट अस्पताललाई सहयोग चाहिने थारुले बताइन् । दाङ ल्याउनकै लागि मैले मेरो डेरामा जम्मा गरेर राखेको खाली अक्सिजन सिलिन्डरका बारेमा विभिन्न मिडियामा भ्रामक प्रचार गरेकोमा आफुलाई दुख लागेको बताइन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सांसद थारुले नेता देखि मन्त्री सम्मकाले आफ्नो गृह जिल्लामा लैजान हुने मैले मेरो क्षेत्रमा ल्याउन खोज्दा किन रुवाबासी भनेर प्रश्न गरेकी थिइन् सांसद चौधरीले सरकारबाट प्राप्त रेम्डी शिविर नामक खोप तथा निशुल्क पाइने सिटामोलमा केहि अस्पतालहरुले त्यसको दुरुपयोग गरेको आफुले देखेकोले यस्तो अवस्था यस अस्पतालमा आउन नहुने बताइन् ।

यस्तै विपद्को घडीमा सबै क्षेत्रको विचमा समन्वय र सहकार्य जरुरी रहेको राजनीतिकर्मी नारायण डिसी छम्पालीले बताए । ‘यस्तो अवस्थामा यो दल, उ दल भन्दा पनि जनताको जीवनरक्षा महत्वपूर्ण सवाल हुन जान्छ’ छम्पालीले भने –‘कसरी हुन्छ सबैले सहयोग गर्न जरुरी छ । लमही अस्पतालमा अक्सिजन सिलिन्डर र स्वास्थ्यकर्मी आएपछी उपचारमा खटिएका स्वास्थ्यकर्मीमा उत्साह थपिएको छ ।

‘विरामी जाँच गर्दा स्वास्थ्यकर्मी सुरक्षीत भयो भने ढुक्कले काम गर्छ । सामाग्री आईपुग्यो डाक्टर सत्यप्रसाद वैद्यले भने –‘सबै क्षेत्रबाट सहयोग भयो भने अस्पतालले दिने सेवामा पनि वृद्धि हुन्छ । लमही अस्पतालमा कोभिडका बिरामीको समेत उपचार हुने गरेको छ । एचडियू अस्पतालमा वेड खाली नभएपछी लमही अस्पतालमा समेत बिरामी भर्ना गरेर उपचार थालिएको छ ।

यसै क्रममा सांसद चौधरीले अन्य स्वास्थ्य सामाग्रीहरु सोमवार सिसहनियाँ स्वास्थ्य चौकीमा रहेको कोरोना विशेष अस्थायी अस्पताल, लालमटिया स्वास्थ्य चौकी, प्रहरी कार्यालय र गढवा लगायतका क्षेत्रमा पु¥याइने जानकारी दिएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे