दाङमा शुक्रबार थप ५ जना काेराेना संक्रमितको मृत्यु



दाङमा शुक्रबार थप ५ जना काेराेना संक्रमितको मृत्यु

घोराही ३१ बैशाख । आज (शुक्रबार) दाङका थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका ३ जना र घोराही र राप्तिका १÷१ जना कोरोनाका विरामीको मृत्यु भएको हो ।

तुलसीपुर सञ्चालन गरेको मेट्रो सिटि अस्पतालमा उपचाररत तुलसीपुर ९ का ३९ वर्षिय पुरुष र सोही वडाका ३४ वर्षिय महिलाको बेलझुण्डी अस्पतालमा मृत्यु भएको हो । यस्तै राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत तुलसीपुर १० का ४५ वर्षिय महिलाको मृत्यु भएको छ ।

यस्तै यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत घोराही १५ का ३३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै राप्ति गाउपालिका वडा नंम्वर ३ का ६० वर्षिय महिलाको लमहीमा सञ्चालन गरिएको आईशोलेशनमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । योसंगै बैशाख महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १ पुगेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे