पछिल्लाे २४ घण्टामा नेपालमा ८ हजार ५ सय २० काेराेना सङ्क्रमित थपिए, थप २ सय ३ जनाकाे ज्यान गयाे



काठमाण्डाै ३१ बैशाख । पछिल्लाे २४ घण्टामा नेपालमा आठ हजार पाँच सय २० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार नाै सय ४८ जनाकाे पीसीआर र पाँच सय ३० जनाकाे एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । आज थपिएकासँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेकाे छ ।

त्यस्तै काेराेना सङ्क्रमणबाट थप दुई सय तीन जनाकाे ज्यान गएकाे विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या चार हजार ६ सय ६९ पुगेकाे छ ।

यस्तै पछिल्लाे २४ घण्टामा ६ हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । याेसँगै नेपालका काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेकाे मन्त्रालयले जनाएकाे छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या एक लाख सात हजार तीन सय ३६ छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे