दाङमा शुक्रबार थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना डिस्चार्ज



दाङमा शुक्रबार थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना डिस्चार्ज

दाङ ३१ बैशाख ।  आज (शुक्रबार) दाङका १ सय ३६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआरमा १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ सय जनाको स्वाव परिक्षण गर्दा १ सय ३६ जनामा संक्रमण देखिएसँगै बैशाख महिनाको अहिलेसम्म ४ हजार ५ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै अर्काेतिर बैशाखयता मात्रै दाङमा १७ सयभन्दा धेरै कोरोनाका विरामी निको भएका छन् । आज निको भएका ७१ जनासहित १ हजार ७ सय ८८ जना संक्रमण मुक्त भएका छन् ।

अहिले संक्रिय संक्रमितको संख्या २ हजार ७ सय ५७ जना रहेको छ । संक्रिय संक्रमितमध्ये १ सय ५४ जना संस्थागत आईशोलेशनमा बसेका छन् भने २ हजार ५ सय ५७ जना संक्रमित घरकै आइसोलेशनमा बसेका छन । यस्तै संस्थागत आईशोलेशनमा रहेका १ सय ५४ जना मध्ये कोरोना बिषेश अस्पताल बेलझुण्डिमा ५५ जना उपचाररत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे