आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस:स्वास्थ्यकर्मीको मनोबल बढाउन दिवस केन्द्रित



आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस:स्वास्थ्यकर्मीको मनोबल बढाउन दिवस केन्द्रित

दाङ २९ बैशाख । आज (बुधबार) मे १२ तारिख, अन्तर्राष्ट्रिय नर्सिङ दिवस। कोरोना जोखिमको कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । विश्वभरका नर्सहरुले स्वाथ्य सेवामा पु¥याएको योगदानको कदर र सम्मान स्वरुप आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङगेलको जन्म दिवसको अवसरमा नर्सिङ दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आई सी एन को आह्वानमा नर्स दिवस मनाउन थालिएको हो ।

शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ। कोरोना महामारीको अहिलेको विषम परिस्थितिमा आम नागरिकलाई स्वाथ्य सेवा प्रवाह गर्न अग्रपङ्तिमा खटिने नर्सिङ क्षेत्रको आवश्यकता र महत्व बढेर गएको छ।
नेपालमा नर्सिङ क्षेत्रमा श्रम शोषण भएको भन्दै नर्सहरुले गुनासो गर्दै आएका छन्। विषेश गरी नीजि अस्पतालले नर्सहरुलाई कम तलबमा काम लगाउने , समयमा पारिश्रमिक नदिने लगायत आरोप लाग्ने गरेको छ।

विश्वव्यापी कोरोना महामारीको अहिलेको समयमा नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको सरकारले जनाएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले दिवसका अवसरमा शुभकामना दिदै कोभिड १९ विरुद्धको लडाईमा दिन–रात नभनी बिरामीको सेवामा लाग्ने सम्पूर्ण नर्सहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे