राष्ट्रपतिद्वारा नर्सहरूको त्याग, समर्पण र लगनशीलताको प्रशंसा



राष्ट्रपतिद्वारा नर्सहरूको त्याग, समर्पण र लगनशीलताको प्रशंसा

काठमाण्डौ २९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नर्सहरूको त्याग, समर्पण र लगनशीलताको प्रशंसा गर्नुभएको छ । कोरोना विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिने नर्सको राष्ट्रपतिले प्रशंसा गरेकी छिन् । उनले आज अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन् ।

‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिने सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछुु’, उनले ट्वीटमा भनेकी छिन् । विश्वमा हरेक वर्षको मे १२ तारिखमा नर्स दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो । ‘नर्स स् नेतृत्वका लागि एक आवाज, स्वास्थ्य सेवाको भविष्यका लागि एक दर्शन’ भन्ने नाराका साथ यो वर्ष नर्सिङ दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे