अक्सिजन सिलिण्डरको अभावले कठिन अवस्थामा आइपुगेका छाै : प्रजिअ पौडेल



अक्सिजन सिलिण्डरको अभावले कठिन अवस्थामा आइपुगेका छाै : प्रजिअ पौडेल

तुलसीपुर २८ बैशाख । दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कठिन अवस्थामा आइपुगेको बताउनुभएको छ ।दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कठिन अवस्थामा आइपुगेको बताएका छन् । दाङमा अक्सिजन सिलिण्डरको चरम अभाव भएपछि आफुहरु असाध्यै तनावमा रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले यस्तो बताएका हुन् ।

दैनिक चार सय अक्सिजन सिलिण्डर ल्याएर जेनतेन कोरोना संक्रमितको उपचार हुँदै आइरहेका बेला सोमबार एकसय सिलिण्डर मात्रै आपूर्ति भएका कारण कोरोना विशेष अस्पताल बेलझुण्डीमा ८ जना कोरोना संक्रमितको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी पौडेलको यस्तो भनाई आएको हो । दाङमा दैनिक ७ सय सिलिण्डर आवश्यक पर्छ । यद्यपी आइतबारसम्म करिब करिब ४ सय सिलिण्डर आउने गरेको थियो । दाङमा अहिले दुई हजार २ सय ९५ जना कोरोना संक्रमित छन् । त्यसमध्य जटिल प्रकृतिका करिब ३ सयको हाराहारीमा रहेको बताईको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे