लमही जेसिजले देउखुरी क्षेत्रमा खाली अक्सिजन सिलिन्डर संकलन गर्दै



लमही जेसिजले देउखुरी क्षेत्रमा खाली अक्सिजन सिलिन्डर संकलन गर्दै

देउखुरी २६ बैशाख । काेभिडकाे महामारिमा देशभर अक्सिजनकाे अभाव देखिएकाे र यस्ताे विपत्तिको सामना गर्न लमही जेसिजले देउखुरी क्षेत्रमा खाली अक्सिजन सिलिन्डर संकलन तथा ब्यबस्थापन कार्यको सुरुवात गरेको छ ।

अक्सिजनको कारण ले कसैले पनि ज्यान गुमाउन नपरोस भन्दै यो अभियान सुरु गरेको लमही जेसिजका अध्यक्ष दुलम दास चौधरीले बताए । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि देश भरका अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । यतिबेला अक्सिजन उत्पादकहरूले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिलिन्डर नै नरहेको जनाएका छन् ।

निम्न आयस्रोत भएका ब्यक्तिहरु लाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने यस अभियानका सम्योजक तथा लमही जेसिजका महासचिव सुन्दर केसिले बताए । बर्ष २०२१ का अध्यक्ष दुलम दास चौधरी बिगत १५ बर्ष देखि अक्सिजन ग्यासको ब्यापार गर्दै आएका ब्यापारी हुन । पहिले ग्यारेज कल कारखाना , सिमेन्ट फ्याक्टी , स्टिल कारखान , लगायतमा उद्योग हरुमा ब्यापार गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे