आज शनिबार दाङमा ६ जना कोरोना संक्रमितको मृत्यु



आज शनिबार दाङमा ६ जना कोरोना संक्रमितको मृत्यु

दाङ २५ बैशाख । शनिबार (आज) दाङका ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । घोराहीका र तुलसीपुरका २÷२ जना ,गढवा र राप्तिका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । घोराही १५ का एक ४० वर्षिय महिलाको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै घोराही १५ कै ८४ वर्षिय महिलाको गार्खा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । उता तुलसीपुरका २ जना संक्रमित पुरुषको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर २ का ३२ वर्षिय पुरुष र वडा नंम्वर ५ का ६७ वर्षिय रहेको केन्द्रले जनाएको छ ।

यस्तै उपचारका लागी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना विशेष अस्पताल बेलझुण्डी लैजादै गर्दा गढवाका एक संक्रमितको बाटोमे मृत्यु भएको हो । बाटोमै मृत्यु हुनेमा गढवा ४ का ४२ वर्षिय पुरुष रहेका छन् ।

यस्तै संस्थागत आईशोलेशन लमहीमा उपचाररत राप्ती गाउँपालिका ६ का एक २० वर्षिय पुरुषको पनि आजै मृत्यु भएको हो । यो सँगै बैखाश महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दाङमा ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे