बाँकेमा बिहीबार बेलुका ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म ११ जनाको मृत्यु



बाँकेमा बिहीबार बेलुका ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म ११ जनाको मृत्यु

बाँके २४ बैशाख । बाँकेमा बिहीबार बेलुका ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म थप ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक मध्य ९ जना बाँके जिल्लाका रहेका छन भने बर्दिया र कैलाली जिल्लाका एकएक जना छन् ।

बाँकेको कोहलपुर नगरपालिका १० की २७ बर्षीया महिलाको बिहीबार बेलुका ७ : ४० बजे, नेपलागञ्ज उपमहानगरपालिका वडा नं. ६ का ५४ बर्षीय पुरुषको बिहीवार बेलुका ६ : ४० बजे, नेपालगञ्ज १० की ५४ बर्षीया महिलाको बिहीबार बेलुका ६ बजे, नेपालगञ्ज १२ की ६० बर्षीया महिलाको शुक्रबार बिहान ३ : ३० बजे नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा मृत्यु भएको बाँकेका कोरोना फोलक पर्सन तेज वलीले जानकारी दिएका छन् ।

त्यस्तै नेपालगञ्ज १० का ६१ बर्षीय पुरुषको बिहीबार बेलुका ५ बजे, नेपालगञ्ज ३ बाँकेका ५२ बर्षीय पुरुषको शुक्रबार बिहान ३ बजे, नेपालगञ्ज १८ का ५६ बर्षीय पुरुषको शुक्रबार बिहान २ बजे, नेपालगञ्ज ६ का ३४ बर्षीय पुरुषको शुक्रबार बिहान साढे १ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

बाँके बाहेकका जिल्लाहरु टिकापुर २ कैलालीका ४८ बर्षीया महिलाको बिहीबार राति साढे ११ बजे र बर्दिया ६ बर्दियाका ४७ बर्षीय पुरुषको बिहीबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।

यो संगै बाँके जिल्लामा हालसम्म कोरोना संक्रमित १६९ जना र बाँके भन्दा बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका थप १३० जनाको मृत्यु भएको वलीले बताएका छन् । हालसम्म बाँकेमा कोरोनाबाट सबै गरि २९९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे