दाङमा सोमबारसम्म १५२२ जना कोरोनाका संक्रमित



दाङमा सोमबारसम्म १५२२ जना कोरोनाका संक्रमित

तुलसीपुर २१ वैशाख । दाङमा सोमबारसम्म १५२२ जना कोरोनाका संक्रमित रहेका छन् । जसमध्य सबैभन्दा बढी संक्रिय संक्रमित तुलसीपुर उपमहानगरपालिकामा ६७२ जना रहेका छन् । त्यस्तै घोराही उपमहानगरपालिकामा ६७० जना, लमहीमा ५३, बबईमा ३०, राप्तीमा २७, शान्तिनगरमा २५, गढवामा २३, दंगीशरणमा १५, बंगलाचुलीमा ५ र राजपुरमा २ जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै दाङमा कोरोना संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ । साथै हालसम्म कोरोना विशेष अस्पताल बेलझुण्डीमा ८३ जनाको उपचार भैरहेको छ भने नेपालगञ्ज मेडिकल कलेजमा ९ जना, भेरी अस्पतालमा १० जना र लुम्बिनी अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचार भैरहेको छ । त्यस्तै जिल्लामा १४५१ जना होमआइसोलेसनमा बसेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा दुई जना कोरोना संक्रमितकोे मृत्यु भएको छ । साथै एन्टिजेन परिक्षणमा लमहीमा १७ जना, शान्तिनगरमा ११ जना र राप्तीमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे