गढवामा कोभिड प्रतिकार्यका लागि सर्बदलीय छलफल



गढवामा कोभिड प्रतिकार्यका लागि सर्बदलीय छलफल

गढवा ११ बैशाख । गढवा गाउँपालिकाले शनिवार कोभिड महामारी ब्यापक रुपमा फैलिन थालेको भन्दै सर्बदलिय, सर्बपक्षिय भेला आयोजना गरि उच्च सतर्कताका लागि बिभिन्न निर्णयहरु गरेको गाउँपालिकाका प्रबक्ता बावुराम अधिकारीले जानकारी दिएका छन् ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षता र गाउँपालिकाका वडा अध्यक्षहरु, गढवा स्थित सरकारी गैरसरकारी संघसंस्था, नागरिक समाज, रेडक्रस, सुरक्षा निकाय र शिक्षकहरुका पेशागत संघ संगठनका प्रमुखहरु सहितको बैठकले बिभिन्न निर्णयहरु गरेको गाउँपालिकाले जनाएको छ ।

जस अनुसार सार्वजनिक सवारीका साधनहरुमा अनिवार्य मास्क सेनेटाइजर लगायतका स्वास्थ्य मापदण्ड पालना गरि सिट क्षमताका आधारमा मात्र यातायात सुचारु गर्ने, नेपाल सरकारको अर्को आदेश जारी नहँुदा सम्म स्थानीय सरकारको शिक्षा शाखा र प्रअहरुको बैठकको निर्णय बमोजिम सरकारी र निजी बिद्यालयहरुले स्वास्थ्य मापदण्ड बमोजिम सावधानीका साथ बैशाख १२ देखि नै परिक्षा संचालन गर्ने, सबै नागरिकहरुले घरबाट बाहिर निस्कदा अनिबार्य मास्क प्रयोग गर्ने, ब्यवसायीहरुले स्वास्थ्य मापदण्डको पुर्ण पालना गरि ब्यापार ब्यवसाय संचालन गर्ने र सरकारी गैर सरकारी कार्यालयहरुमा मास्क सेनेटाइजर र हातधुने साबुन पानीको ब्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

यसै गरी सर्बजनिक समारोह, भेला, गोष्ठि, बिवाह, भोजभतेर, पुजाआजा, जन्ती, मलामी आदी कार्यमा सरकारले तोकेको मापदण्ड बमोजिम गर्ने, गाउँपालिकाले स्वास्थ्य शाखा मार्फत सेना बस्ने भनि बनाइएको सर्पदंश उपचार केन्द्रको उत्तर तर्फको भवनलाई एमबिबिएस डा. सहित स्वास्थ्यकर्मी ब्यवस्थापन गरि आइसुलेसन सेण्टर संचालन गर्ने, गढवा स्वास्थ्य चौकीको एमबुलेन्सलाई कोभिड प्रतिकार्यमा संचालन गर्ने, कोइलाबास र धानखोला तथा कालाकाटेमा कोरोना जाँचका लागि हेल्थ डेस्क संचालन गर्ने, देश भित्र र बाहिरबाट आएका नागरिकहरुको तथ्यांक अभिलेख तथा ब्यवस्थापन गर्ने र सुचना तथा संचारका गतिविधीलाई प्रभावकारी बनाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे