LISTEN LIVE RADIO

पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल र प्रेरणा अस्पताल भर्ना



पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल र प्रेरणा अस्पताल भर्ना

काठमाण्डौ ११ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह अस्पताल भर्ना भएका छन् । निर्मल निवासमा होम आइसोलेशनमा रहेका शाह दम्पती स्वास्थ्यमा थप समस्या देखिएपछि आज दिउँसो नर्भिक अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भए पनि उनीहरुको अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ ।

गएको बैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना सङक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएर बैशाख ५ गते नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलमा कोरोना देखिएको हो । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे