LISTEN LIVE RADIO

दाङकाे घोराहीमा तपाईको मास्क खोइ भन्ने अभियान सुरु



दाङकाे घोराहीमा तपाईको मास्क खोइ भन्ने अभियान सुरु

घोराही  ९ बैशाख । दाङमा कोरोना संक्रमणलाई रोक्न तपाईको मास्क खोई भन्ने अभियान फेरी सुरुवात गरिएको छ । हालै लुम्विनी सरकारले सबै जिल्लाहरुमा मास्क लगाउने अभियानलाई प्रभावकारी बनाउन तपाईको मास्क खोइ ? भन्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यस अघि गतबर्ष पनि जिल्लाका मुख्य बजारहरुमा मास्क बितरण र तपाईको मास्क खोई भन्ने अभियान सञ्चालन भएको थियो । दाङ जिल्ला उद्योग बाणिज्य संघ, वडा प्रहरी कार्यालयको अगुवाईमा आज देखी घोराहीमा तपाईको मास्क खोई ? भन्ने अभियानको थालनी गरिएको हो ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, महासचिब महेन्द्र बुढाथोकी, पूर्ब अध्यक्ष मधुसुदन बैद्य सहित व्यवसायीहरु र वडा प्रहरी कार्यालयका प्रमुख सहितको टोलीले बजारका चोक चोकमा मास्कको प्रभावकारीता र अनिवार्य लगाउने बिषयमा जानकारी सहित बितरण गरेको हो । कोरोना संक्रमण बढ्दै गए पनि आम नागरिकहरुले भने मास्क नलगाउने, भिडभाड गर्ने जस्ता कार्य गर्दै आएका छन् ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे