दाङ सहित १४ जिल्ला काेराेना प्रभावित, विद्यालय लगायत भीडभाड हुने स्थानमा नजान आग्रह



दाङ सहित १४ जिल्ला काेराेना प्रभावित, विद्यालय लगायत भीडभाड हुने स्थानमा नजान आग्रह

काठमाडौं २ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अति प्रभावित क्षेत्रको रुपमा वर्गिकरण गरेको छ ।

काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङका जिल्लामा भीडभाड नगर्न एवम् दोस्रो चरणको कोरोना सङ्क्रमणबाट संवेदनशील बन्न सरकारले आग्रह गरेको हो । मन्त्रालयले ती जिल्लाहरूमा मानिसहरू धेरे जम्मा हुने स्थान विद्यालय, रात्री क्लब, रेस्टुरेन्ट, जात्रा मेला पर्वमा नजान आग्रह गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे