LISTEN LIVE RADIO

लालमटिया महोत्सवमा पल शाह हेर्न जनसागर उर्लियो, पलको नृत्यमा दर्शकको हुटिङ



लालमटिया महोत्सवमा पल शाह हेर्न जनसागर उर्लियो, पलको नृत्यमा दर्शकको हुटिङ

भालुवाङ ८ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका-२ लालमटिया टुडिखेलमा सञ्चालित महोत्सवमा सोमबार पल शाह हेर्न जनसागर उर्लिएको थियो ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा दाङ-देउखुरीकाे राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा जारी छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महाेत्सवकाे सोमबार बाह्रौं दिन १५ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा नायक पल शाह आउने थाहा पाएपछि दाङको देउखुरी सहित छिमेकी जिल्ला प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्लाका विभिन्न ठाउँहरूबाट गाडी रिर्जभ गरेर दर्शकहरू आएका थिए ।

विहान ११ बजे देखि नै महोत्सवमा दर्शकहरू आउन थालेका थिए । महोत्सव अवधीभर स्टेज सामान्य अवस्था रहेका बेला पल शाह ल्याउने भएपछि स्टेजलाई समेत बेलुन तथा फूलमाला सिगांरिएको थियोे । भने भिडलाई व्यवस्थापन गर्न तथा कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, ससत्र प्रहरी समेत परिचालन गरिएको थियोे । भने स्वयसेवकको रूपमा स्काउट र आशाका किरण संस्थाले काम गरेको थियोे । पल शाहलाई स्टेज सम्म ल्याउन र लैजान समेत प्रहरी र आयोजकलाई हम्मेहम्मे परेको थियो भने स्टेजमा समेत भिड नियन्त्रण गर्न गाह्राे भएको थियो । नायक पल शाह स्टेज चढे सँगै आफ्ना विभिन्न गीतहरूमा नृत्य देखाएका थिए ।

त्यस्तै महोत्सव गायिका अनु राना मगर, गायिका लालुमाया कुवर, मोडेल तथा डान्सर सगुन थापा, गायक तथा मोडेल विजय पुन, कलाकार दिपक बर्मा, सुरेश पन्थी, बाल कलाकार अनुष्का आचार्य, सञ्चालिका विन्दु थापाले पनि बीच बीचमा आफ्ना सांगेतीक प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । त्यस्तै स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

सोमबार महोत्सवको अन्तिम दिन भएपनि समापन कार्यक्रम गर्न नभ्याउने भएपछि महोत्सव १ दिनलाई थप गरि मंगलबार विहान ११ बजे समापन गरिने राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक सुरज खड्काले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे