LISTEN LIVE RADIO

लमही महोत्सवमा हेमन्त, जानकी र अन्जलीको प्रस्तुती, आज कमल खत्री लगायतका कलाकार आउँदै



लमही महोत्सवमा हेमन्त, जानकी र अन्जलीको प्रस्तुती, आज कमल खत्री लगायतका कलाकार आउँदै

लमही ८ माघ । दाङको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा जारी दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सवमा आइतबार चर्चित आधुनिक गायक हेमन्त शर्माले तहल्का मच्चायका छन् ।

लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित महोत्सवमा गायक शर्माकोे गितमा दर्शकहरु छमछमी नाचेका थिए ।

चर्चित गायक शर्माको थापन थाप हातैमा, गुडेको रेल पनि छेक्दिन्छु मैले त, फुल हौ भने बसाईदेउ, डमडमडमडम बज्यो लगायतका गितहरुमा दंगाली दर्शकहरु छमछमी नाचेका थिए । त्यस्तै गायिका जानकी तारमी मगरले हरियाे कुर्ताले, भेनाकाे जातैले, छ्याप्पेै माया लै लै, ढाड दुखेर मार्याे, तरुनी कसाे गराैँ नि, झम्के मायाले लगायतका गीत गाएकी हुन् ।

भने मोडेल तथा डान्सर अन्जली अधिकारी, डान्सर सुस्मिता कोइरालाले पनि आ-आफ्ना प्रस्तुति मार्फत दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । भने गायक तथा उद्घोषक ढाकाराम पाैडेलले पनि बीच-बीचका आफ्ना सांगेतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए । भने पिडिएच डान्स स्टुडियो, सगरमाथा डान्स ग्रुप र स्थानीय कलाकारहरूले पनि आ-आफ्नो प्रस्तुति मार्फत दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

यसै गरि महोत्सवको आज चाैथो दिन चर्चित गायक कमल खत्री, गायिका पुर्णकला विसी, मोडेल तथा डान्सर रूविना अधिकारी, गायक तथा मोडेल विजय पुन, गायक तथा उद्घोषक ढाकाराम पाैडेल, डान्सर दिपक बर्मा, सुस्मिला कोइराला, अनुप बुढा र सगरमाथा डान्स ग्रुपको प्रस्तुति रहने मेला व्यवस्थापक बिनोद बुढाथोकीले जानकारी दिएका छन् ।

जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने तथा वनलाई पर्या पर्यटन प्रवद्र्धनका लागि विशेष सहयोग गर्ने मुख्य उदेश्यले लमही चेम्बर अफ कमर्सको आयोजनामा यही माघ ५ गते देखि २० गते सम्म लमहीको जैविक विविधता ग्रिन पार्कको छेउमा महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सवमा विभिन्न १ सय ८० बढी स्टलहरु राखिएको छ भने देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादनका सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु, चर्खे पिङ, झुला, बाल उद्यान, लगायतका मनोरन्जनात्मक बस्तु राखिएको छ । महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, देउखुरीका हस्तकलाका सामाग्री बिक्री, महिला उद्यमीले तयार गरेका अचार लगायतका सामाग्रीमा जोड दिइएको छ । महोत्सव अवधीधर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने र ४० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको चेम्बरका महासचिव केशव अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा कृषि तथा स्वास्थ्यका स्टललाई निशुल्क गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा असाहयहरूलाई परिचय–पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यस्तै विद्यार्थीको हकमा परिचय–पत्रका आधारमा ८० रूपैयाँ र सर्वसाधारणका लागि लागि १ सय रूपैयाँ टिकट कायम चेम्बरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे