LISTEN LIVE RADIO

दाङको रिहार नजिक बस दुर्घटना, २ जनाको मृत्यु



दाङको रिहार नजिक बस दुर्घटना, २ जनाको मृत्यु

लमही ८ माघ । दाङको देउखुरीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

लमही नगरपालिका -९ रिहार नजिकै गएराति ११ बजेको समयमा बर्दिया देखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस दुर्घटना भएको हो । दुर्घटनामा परि गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भीमनाथ याेगी र युवराज चाैधरीकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियाे। बसमा ४७ जना सवार रहेकाे २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेकाे प्रहरीले जनाएको छ। बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको छ।

मृतकहरूकाे शव लमही अस्पतालमा राखिएको छ। बसकाे पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले २ जनाकाे मृत्यु हुन पुगेकाे प्रहरीले जनाएको छ। केही दिन अगाडि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे