LISTEN LIVE RADIO

लमहीमा माघ ५ गते देखि दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव सञ्चालन हुँदै



लमहीमा माघ ५ गते देखि दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव सञ्चालन हुँदै

भालुवाङ १२ पुस । दाङ– देउखुरीको लमहीमा दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० सञ्चालन हुने भएको छ ।

लमहीमा रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित नमुना जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने तथा वनलाई पर्या पर्यटन प्रवद्र्धनका लागि विशेष सहयोग गर्ने मुख्य उदेश्यले लमही चेम्बर अफ कमर्सको आयोजनामा यही माघ ५ गते देखि २० गते सम्म लमहीको जैविक विविधता ग्रिन पार्कको छेउमा महोत्सव सञ्चालन गर्न लागेको चेम्बरका अध्यक्ष शितल भुसालले जानकारी दिएका छन् ।

चेम्बरले बिहिबार आफ्नै कार्यालय लमहीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव सञ्चालन गर्न थालेको जनाएको छ । महोत्सवमा विभिन्न १ सय ५० बढी स्टलहरु राखिने चेम्बर अफ कमर्सका अध्यक्ष शितल भुसालले जानकारी दिएका छन् । उनका अनुसार देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादनका सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु महोत्सवमा राखिने बताएका छन् । महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागीता रहने र चर्खे पिङ, झुला, बाल उद्यान, लगायतका मनोरन्जनात्मक बस्तु राखिने छ ।

महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने र ४० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको चेम्बरका महासचिव केशव अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा कृषि तथा स्वास्थ्यका स्टललाई निशुल्क गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा असाहयहरूलाई परिचय–पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यस्तै विद्यार्थीको हकमा परिचय–पत्रका आधारमा ८० रूपैयाँ र सर्वसाधारणका लागि लागि १ सय रूपैयाँ टिकट कायम चेम्बरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे