लमही महोत्सवमा राैनकता थपिदै, ज्योती मगर हेर्न बच्चा देखि बुढा सम्म



लमही २४ माघ । लमही महोत्सवमा चर्चित लाेक दाेहाेरी गायिका ज्योती मगरलाई हेर्न मंगलवार गाउँ गाउँबाट के बच्चा के बुढा हजारौंको संख्यामा दर्शकको भिड रहेको थियोे ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) लमहीमा देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको तेह्राै दिनमा गएकाे शनिवार जस्तै मंगलवार पनि हजाराै‌काे संख्यामा दर्शकहरुकाे सहभागीता रहेकाे मेला व्यवस्थापक विनोद बुढाथोकीले बताएका छन् ।

महोत्सवमा गायिक ज्योती मगर आउने प्रचार भएपछि दाङ देउखुरी क्षेत्र सँगै छिमेकी जिल्लाबाट समेत दर्शक आएका थिए । महोत्सवमा गायिका मगरले चोली भित्र जवानी, उहि मुलाको सिन्की उहि मुलाको चना,चोरी खान पल्केको यो ढाडे विरालो लगायतका थुप्रै गित गाउँदा युवा भन्दा बुढापाखाहरू रमाइरहेका देखिन्थे भने युवा र बच्चाहरूले हुटिङ र नृत्य गरेको देखिन्थ्यो । निकै छोटो पहिरनमा आएकी मगरलाई बुढापाखाले बाहिरी रूपमा मन नपराए पनि मेला महोत्सवमा भने निकै चासोको रूपमा हरेको देखिन्थ्याे । पछिल्लो समय उनी निकै चर्चामा रहेकी छिन् ।

मगर सँगै चर्चित लोक दोहोरी गायिका मञ्जु पौडेल, थारू गायक राजेन्द्र चाैधरी, गायक मनिष खड्का, डान्सरहरु अस्मिता रनपल, आरुषी मगर, कलाकारहरु भुलन गुप्ता, दिपक वर्मा लगायत स्थानीय कलाकारहरुले पनि मञ्च तताएका थिए । यसै बीच महोत्सवमा माघ २५ गते बुधबार चर्चित गायक टंक तिमिल्सीना, चर्चित लोक दोहोरी गायिका मञ्जु पौडेल, गायक मनिष खड्का, डान्सर टिका जैशी लगायतका कलाकारहरु आउने मेला व्यवस्थापक बुढाथोकीले बताए ।

महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

लमही महाेत्सव माघ २९ गते सम्मका लागि थप

देउखुरीको लमहीमा सञ्चालित महोत्सव माघ २९ गते सम्मका लागि थप गरिएको छ । देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा सञ्चालित छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव ४ दिनका लागि थप गरिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा साँस्कृतिक संयोजक केशब पाेख्रेलले जानकारी दिएका छन् । दर्शकहरूकाे अत्यधिक भिड बढ्न थालेकाेले संघकाे आज मंगलबार बसेकाे बैठकले महोत्सव थप गर्ने निर्णय गरेको साँस्कृतिक संयोजक पोख्रेलले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे