LISTEN LIVE RADIO

लालमटियामा राप्ती चाैथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सव सुरू



लालमटियामा राप्ती चाैथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सव सुरू

लालमटिया ११ चैत । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा आज देखि राप्ती चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सव सुरू भएको छ ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा महोत्सव सुरू भएको हो ।

संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शर्माले किसानहरूलाई सरकारबाट साैहलियतमा कृषि आैजार पाउन नसकेको बताएका छन् ।

अहिले सरकारले कृषकहरूमा चर्को व्याज असुलि रहेकोमा दुख व्यक्त समेत गरेका थिए । त्यसै गरि कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले लुम्बिनी प्रदेश सरकारको अर्थतन्त्रमा यस महोत्सवले महत्त्वपूर्ण टेवा पुर्‍याउने बताएका थिए ।

त्यसै गरि आर्का प्रदेश सभा सदस्य सरस्वती गाैतमले विभिन्न जातजातीको कला संस्कृति, भेषभुषाको संरक्षण र समग्र पर्यटीय क्षेत्रको विकास हुने बताइन् त्यस्तै उनले उद्योग वाणिज्य संघले अर्थतन्त्रमा टेवा पुग्ने किसिमको काम गर्न सुझाव दिएकी थिईन् ।

उनले महोत्सवमा बढी भन्दा बढी कृषि स्टल राखिनु पर्ने र पर्यटकीय क्षेत्रमा पुग्नका लागि यातायातको व्यवस्था गरिनुपर्ने सुझाव दिएकी थिइन् ।

सो अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोर आचार्य, प्युठान उद्योग वाणिज्य संघका वरिष्ठ प्रमोद पोख्रेल, नेकपा एमाले राप्ती गाउँपालिकाका अध्यक्ष मदन अधिकारी, नेपाली कांग्रेस राप्ती गाउँपालिकाका अध्यक्ष विद्याशरण चाैधरी, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका अध्यक्ष श्यामेश चाैधरी, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीका अध्यक्ष केशवराज खनाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद चालिसे, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पार्षद महेश रिजाल लगायतका वक्ताहरूले महोत्सवको माध्यमबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको कृषि र पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण शर्मा र सचिव भरतमणी न्याैपानेले गरेका थिए । कार्यक्रममा विभिन्न जातजातिको र विभिन्न विद्यालय तथा संघसंस्थाको झाकी समेत प्रर्शन गरिएको थियोे ।

महोत्सवमा १७१ वटा स्टल निर्माण गरिएको छ । ८ करोड बराबरको कारोवार गर्ने र ४ लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान रमाइलो मेला, बालबाललिका लागि रमाईलो खेल, झुला, चर्खे पिङ, बाल उद्यान लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेका छन् ।

महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।

महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ६० र विद्यार्थीका लागि ५० रुपैयाँ, अपाङग, जनआन्दोलनका घाइते, दृष्टिविहिन र जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको र ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको सन्दर्भमा शुल्क नलाग्ने बताइएको छ ।

त्यस्तै महोत्सवमा कृषि पर्यटन स्टललाई पनि निशुल्क गरिएकोे छ । यसै बीच महोत्सव अवधीभर नृत्य प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे