LISTEN LIVE RADIO

दाङकाे घोराहीमा जारी दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ एक दिन थप



दाङकाे घोराहीमा जारी दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ एक दिन थप

दाङ ८ चैत । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ एक दिन थप गरिएको छ । नागरिकको माग अनुसार एक दिन थप गरिएको प्रदर्शनी मुख्य आयोजक समितीका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिए ।

अव प्रदर्शनी चैत ९ गते सकिने भएको छ । प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण बढदै गएको छ । दिउसो चर्को घामको पनि प्रभाव नगरि उनीहरु रमाउने गरेका छन् । विहान देखि साँझ सम्म नै कलाकारहरु संगै रमाउने गरेका छन् । प्रदर्शनीमा दैनिक नागरिकहरुको सहभागिता बढदै गएको मुल आयोजक समितीले जनाएको छ ।

प्रदर्शनीको १२ औ दिन पनि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । ग्राहकले आफुलाई आवस्यक पर्ने सामाग्रीहरु खरिद गरेर लग्ने गरेका छन् ।

प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगै संगै रमाएका थिए । दर्शकहरुलाई घाम बाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा युवा युवतीहरुको सहभागिता बढी रहेको थियो ।

सोमवार प्रमोद खरेल, कृष्ण काफले, रिया घले, अनु राना मगर, सुनिता अधिकारी, सगुन थापा, शरद समिप, देवेन्द्र वस्नेत, शसि शर्मा मजगैया तथा स्थानिय कलाकारहरुले आ आफनो प्रस्तुती राखेका थिए । मंगलवार प्रिती आले, मिस्टर आर जे, सगुन थापा, सर्मिला अर्याल तथा अन्य कलाकारको प्रस्तुती रहने भएको छ ।

प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाउने गरेका छन् । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ९ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ ।

प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ । प्रदर्शनीमा दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितीले जनाएको छ । सर्मिला अर्याल तथा अन्य कलाकारको प्रस्तुती रहने भएको छ । प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाउने गरेका छन् ।

संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ९ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ ।

प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ । प्रदर्शनीमा दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे