LISTEN LIVE RADIO

चलचित्रकर्मी केएल पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त



चलचित्रकर्मी केएल पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

देउखुरी टुडेकर्मी, दाङ २९ असोज ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता अध्ययन समितिको सदस्यमा नियुक्त गरेको छ । बोर्डको भाद्र २२ गते बसेको बैठकले चलचित्रकर्मी पीडितलाई सदस्यमा नियुक्त गरेको थियो ।

बोर्डले महेन्द्र प्रसाद साँखी सदस्य सचिव रहेको ७ सदस्यीय चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता अध्ययन समिति गठन गरेको छ । जसमा सदस्यहरूमा प्रदीप कुमार उदय, मनोज श्रेष्ठ, केएल पीडित, सोनु थारु, बाबुराम पन्थी र दिनेश बानियाँ रहेका छन् ।

समितिले लुम्बिनी प्रदेशमा संभाव्य चलचित्र छायांकन स्थलहरुको अध्ययन, अनुसन्धान र अवलोकन गरी उपयुुक्त स्थानको पहिचान सहित २०७७ पौषभित्र बोर्ड र लुम्बिनी प्रदेश सरकारको संबन्धित निकायलाई स्पस्ट खाका सहितको प्रतिवेदन बुझाउने कार्यक्षेत्र तोकिएको नवनियुक्त सदस्य पीडितले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे