LISTEN LIVE RADIO

कपिलवस्तुकाे वाणगंगामा छाडा चौपायाको व्यस्थापन गर्न ३० लाख विनियोजन



कपिलवस्तुकाे वाणगंगामा छाडा चौपायाको व्यस्थापन गर्न ३० लाख विनियोजन

बिरेन्द्र गिरी, कपिलवस्तु, २९ असोज ।

वाणगंगा नगर कार्यपालिकाको बैठकले विभिन्न महत्वपूर्ण निणर्य गरेको छ । कार्यपालिकाको आकस्मिक बैठकले छाडा चौपायाको व्यस्थापनका लागि ३० लाख बजेट छुट्याएको छ । साथै बैठकले मधुवन धाममा गौशाला निर्माण गर्ने निणर्य गरेको छ ।

यस्तै बैठलकले कारागारमा रहेका कैदीबैन्दीलाई कारोना पुष्टि भएमा आइसोेलेसन व्यवस्थापन गर्नका लागि २ लाख छुट्याइएको नगरपालिकाका प्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिए । यसैगरी नगरमा बसपार्कको सम्भाव्यता अध्ययन गर्न ३ सदस्यीय कार्यदल गठन गरिएको छ ।

जसअन्तर्गत वडा नं ५ का वडा अध्यक्ष भिष्मराज भुसाल, वडा नं ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री र प्रशासन शाखा प्रमुख केशवराज भट्टराईलाई सम्भाव्यता अध्ययन गर्न जिम्मा दिइएको प्रवक्ता पौडेलले जानकारी दिए ।

बैठकले नगरभित्रका मुटु रोगीहरुका लागि बुटवल मुटु अस्पताल सम्म पुर्याउन २ लाख खर्च छुट्याइएको र यसका लागि बस समेत संचालन गर्ने निणर्य गरिएको नगरपालिकाले जनाएको छ ।

सो बैठकमा घर जग्गाको नक्साङकन गर्ने कार्यलाई पुस मसान्त सम्म थप गर्ने निणर्य गरिएको छ । भने लागत सहभागिता बाहेकका कालोपत्रे ठेक्का पट्टा मार्फत गर्ने निणर्य गरेको छ ।

सम्पन्न बैठकले ३ वटा कार्यविधि संचालन गर्ने निणर्य गरेको छ । नगर प्रहरी व्यवस्थापन र संचालन सम्बन्धि कार्यविधि २०७७, लैङिगक हिंसा निवारण कोष संचालन सम्बन्धि कार्यविधि २०७७ र सहकारी संस्था कार्यविधि २०७७ संचालन गर्ने निणर्य गरिएको नगरप्रवक्ता पौडेलले जानकारी दिए ।

यस्तैगरी नेपालीहरुका महान् पर्व दशै, तिहार, छठ लगायतका चाड पर्वमा शान्ति सुरक्षा कायम गर्नको लागि जिल्ला प्रशासन कार्यलयले गरेको निणर्य कार्यान्वयन गर्न सबैलाई नगरपालिकाले अनुरोध गरेको छ । नगरले नेपालीहरुका महान् पर्व दशै, तिहार, छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई शुभकामना प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे