सशस्त्र युद्ध लडेका लाेकमणी र उमेश दुई दाजुभाइ बाख्रापालन र च्याउ खेतीमा व्यस्त



सशस्त्र युद्ध लडेका लाेकमणी र उमेश दुई दाजुभाइ बाख्रापालन र च्याउ खेतीमा व्यस्त

लमही १३ चैत्र । सशस्त्र युद्धका बेला बन्दुक बोकेर हिँडेका लमही नगरपालिका ३ जखेरा तालका लोकमणि बन्जाडे र उमेश बन्जाडे हिजोआज देउखुरीमा बाख्रापालक र च्याउ खेतीमा व्यस्त छन् ।  “बाख्रासँग खेल्दाको मजा नै बेग्लै हुन्छ,” उनीहरु भन्छन् । बाख्रा पालन र च्याउबाट बन्जाडे दाजु भाइको दैनिकी मात्र फेरिएको छैन जीवनस्तरमा पनि नौलो आयाम थपिएको छ ।हाल उनीहरुसँग ८० वटा उन्नत जातका बाख्रा छन् भने च्याउका लागि ६ ओटा टहराहरु छन । बिहान ५ बजे उठ्छन् र राति ११ बजे उनको दैनिकी समाप्त हुन्छ । बाख्रापालन र च्याउ खेतीका लागि उनीसँग २ कामदार छन । २ भाइ घर परिवार र दुई जना स्थानीयलाई रोजगारीसमेत दिएका छन । अरूको अण्डरमा बस्नुपर्छ, तर यसमा त इच्छाअनुसार चल्न पाइन्छ । त्यसैले हाम्रो लागि सबैभन्दा ठूलो सौभाग्य यही हो,” लोक मणि बन्जाडे बताउँछन । बन्जाडेका अनुसार पहिलेदेखि घरमा १५/१६ वटा स्थानीय जातका बाख्रापालन गर्दै आएका थियौ जसबाट परिवारमा सामान्य गुजारा त चल्यो तर वास्तविक उपलब्धि हासिल हुन सकेन । तेहि अनुरुप अहिले उन्नत जातका बाख्रा पालन गर्न थालेका छौ उमेश बन्जाडेले बताए ।लोकमणि बन्जाडेले विसं २०६१ मा मा.वि. फल्कापुरमा अध्ययन गर्दै थिए । देशमा सशस्त्र युद्धको चरम उत्कर्समा पुग्दै गर्दा बन्जाडे वि.सं २०६१ तिरै बन्जाडे दाजु भाइ केही समयपछि जनमुक्ति सेनामा आबद्ध भएका थिए । बन्दुक बोकेर निस्किएका बन्जाडे दाजुभाइले रोल्पा, रुकुम, दाङ, सल्यानलगायतका जिल्लामा जनमुक्ति सेनाको भूमिका निर्वाह गरेका थिए । जनमुक्ति सेनाको जिम्मेवारी बोकेका दाजुभाइ बन्दुकले आज तेहि बन्दुक समायर युद्द लडेको हात पशुपालन तर्फ लगाउँदा उनीहरु पालिकाकै उत्कृष्ट बाख्रापालक कृषकको स्थान लिन सफल भएका छन । उनीहरुलाई लमही नगरपालिकाले सम्मानित गरेका हो । सुरुवाती चरणमा १३ वटा उन्नत जातका बाख्राबाट र्फम सञ्चालन गरेका बन्जाडे दाजुभाइ करिब ३ वर्षको बीचमा सम्पूर्ण घरखर्च कटाएर ८० वटा बाख्रा भए । तीमध्ये बोका बेच्दै पाठी राखेर व्यवसाय विस्तार गर्दै आएका बन्जाडे दाजु भाइको व्यक्तिगत रुपमा बाख्रापालन व्यवसाय सञ्चालन गर्ने कृषकमा हाल पालिकाकै अग्रस्थानमा छन् ।स्थानीय जातका बाख्रा हटाएर १३ बाख्राबाट सञ्चालन गरेको व्यवसायले आज विशाल रुप लिएको देख्दा उनमा थप हौंसला बढ्ने गरेको छ । सम्पूर्ण खर्च कटाएर वार्षिक ५ लाख बचत हुने गरेको उनीहरु बताउँछन । लगनशील भएर जिम्मेवारी पूरा गर्दै गए हरेक क्षेत्रमा सफलता हात पार्न सकिने उनको भनाइ छ । त्यसैले अहिले विदेशिएका तथा स्वदेशमै फुर्सदमा रहेका युवालाई यस पेशाप्रति आकर्षण गरी रोजगारी सृजना गर्न सकिन्छ । पछिल्ला दिनमा विदेशबाट फर्केका युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित बन्दै गएका छन् । यसका लागि लमही नगरपालिकाबाट बोयर बोका वितरण, डाले घाँसको नर्सरी स्थापना, बाख्राको कृषक पाठशाला, स्थलगत तालिम र चेतना अभिवृद्धि गर्ने कामहरु भइराखेका छन् ।

सुधारिएको बाख्राको खोर निर्माण, कृत्रिम गर्भाधान सेवा, बोयर बोकाको ब्रिडर समूह गठनका साथै बोयर बाख्राका पाठापाठी उत्पादन शुरु भई बोयर बोकाको स्रोत केन्द्रका रुपमा पनि लमही नगरपालिकामा विकसित भएको छ । पशुपालन तथा कृषि क्षेत्रमा सरकारले लगानी गर्न सके बेरोजगार युवा बिदेश पलाएन हुनबाट रोकथाम त हुन्छ नै कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकिकरण हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे