तुलसीपुरका मेयरले शारीरिक व्यायमका लागि साइकल किने



तुलसीपुरका मेयरले शारीरिक व्यायमका लागि साइकल किने

तुलसीपुर १९ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले साईकल किनेका छन् । ब्यायमको रुपमा चलाउनका लागि उनले साईकल किनेको बताए । साईकल किनेपछि उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् – ‘मैले त साईकल किने, तपाईले नि’ भनेर लेखेका छन् ।

‘मैले १५ हजारको साईकल किनेको छु,’ उनले भने ‘ म दाङ आएपछि फुर्सदको समयमा दैनिक साईकल चलाउने छु ।’ मानविय स्वास्थ्य र वातावरणिय दृष्टिकोणले साईकल अति राम्रो साधन भएको हुँदा त्यसको प्रमोटको लागि आफुले साईकल किनेको उनले बताए ।
यसअघि नै तुलसीपुरमा स्पोर्टको लागि साईक्लिङ गर्ने युवाहरुको संख्या ठूलो छ ।

दाङ साईकल सिटीका उपाध्यक्ष खुमबहादुर न्यौंपानेले तुलसीपुर बजार क्षेत्रमा मात्रै साईक्लिङ गर्ने युवाको संख्या झन्डै ४० को हाराहारीमा रहेको जानकारी दिए । ‘मेयरले साईक्लिङको महत्व बुझेर स्पोर्टको लागि साईकल किनेकोको खवरले हामी खुसी भएका छौं,’ न्यौंपानेले भने ‘ आशा छ उहाँले साईकल नियमित चलाउनु हुने छ ।’ मेयर पाण्डेले आफैं साईकल चलाउन थालेपछि आफुहरुले माग गर्दै आएको साईकल सिटीको बिकासमा ध्यान दिने आशापनि उनले व्यक्त गरे ।

‘हामीले छुट्टै साईकल मार्ग माग गर्दै आएका छौं,’ उनले भने ‘ तत्काल त्यो संभव नभएपछि साईकलका लागि डेडिकेटड लाइन बनाइदिएपनि धेरै राम्रो हुने थियो ।’ साँघुरा सडक हुनु, ठूला सवारी साधनका चालकले आफुलाई मात्रै रोडको राजा संझनु जस्ता कारणहरुले साईक्लिङ असुरक्षित रहेको र त्यसले गर्दा धेरै मानिस अभ्यासका लागि साईकल चलाउनका डराउने अवस्था रहेको उनले बताए । ‘ रोड सबैको साझा सम्पत्ति हो,’ उनले भने ‘ ठूला सवारी चालकले यस्लाई आफ्नो बिर्ता संझनु गलत हो ।’ टिप्पर, बस, ट्रयाक्टर जस्तै गरि साईकल चालकलाई पनि सडकमा समान रुपमा हिड्ने अधिकार रहेको र त्यसका लागि राज्यले भूमिका खेल्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे