प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन: डा. संग्रौला



प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन: डा. संग्रौला

दाङ, माघ १९। नेपाली कांग्रकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताएकी छिन्। दाङको घोराहीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेको संविधानले संसद विघटनको अधिकार नदिएको दाबी गरेन्।

“पहिले संविधान विघटनले अस्थिरता आयो, मुलुक अराजकता तिर गयो, स्थिर र स्थायित्व भएन भन्ने कारणले गर्दा अहिले दुई वर्षसम्म अविश्वसको प्रस्ताव राख्न नपाइने, प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने लेखेकै कुरा हो।” उनले भनिन । तत्कालिन संविधान सभाका अध्यक्ष सुवास निम्वाङले भनेको कुरा सम्झिदै उहाँले संविधानमा नभएको अधिकार प्रधानमन्त्रीले प्रयोग गरेर लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाइन् ।

अहिले संसद विघटनको मुद्दा अदालमा भएको भन्दै डा संग्रौलाले सर्वोच्च अदालतले लोकतन्त्रमाथिको प्रहारलाई बचाउने बताउनुभयो । कांग्रेसले विधिको शासन, कानुनि राज्य, संविधानको सर्वोच्चता, स्वतन्त्र न्यायपालिका चाहने र यि लोकतन्त्रको आधारभूत गहना भएको उल्लेख गर्दै सर्वोच्चले यसैलाई टेकेर निर्णय गर्नुपर्ने बताइन्।

साथै उनले दुई तिहाइको नजिकको सरकारले देशमा सुशासन दिन नसकेको अरोप लगाइन् । उनले कम्युनिष्ट पार्टी लोकतन्त्र विरोधि भएको समेत बताइन् । नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोस सुवेदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संविधान सभा सदस्य राजु खनाल, लुम्बिनी प्रदेश सांसद निर्मला क्षेत्री, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुप बहादुर ओली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण प्रेस युनियन दाङका सचिव आरके सितलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे