राष्ट्रिय संगीतकर्मी संघ दाङले भदौ ११ गते देखि लमहीमा रमाइलो मेला सञ्चालन गर्ने



राष्ट्रिय संगीतकर्मी संघ दाङले भदौ ११ गते देखि लमहीमा रमाइलो मेला सञ्चालन गर्ने

लमही ३ भदौ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति दाङले लमहीमा रमाइलो मेला सञ्चालन गर्ने भएको छ ।

संघका अध्यक्ष दिपक बर्माको अध्यक्षमा मंगलबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि सो विषयमा जानकारी गराइएको हो । संघले भदौ ११ देखि २२ गते सम्म लमही नगरपालिका-५, स्थित लमहीको सार्वजनिक बगैंचामा लमही रमाइलो मेला २०८३ सञ्चालन गर्न लागेको हो ।

वि.सं. २०७७ सालमा “हाम्रो कला र संस्कृति गौरवपूर्ण शान, कलाकर्मीको उत्थानको लागि हाम्रो अभियान” भन्ने मुल नाराका साथ राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्यसमिति दाङको स्थापना भएको हो । मेलामा प्रत्येक दिन लमही नगर क्षेत्रको सामुदायिक विद्यालयमा अध्ययनरत अनाथ तथा असाहय बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्ने, जिल्ला भित्रका स्थानीय कलाकारको प्रवर्द्धन गर्ने, संस्थाको प्रचारप्रसार गर्ने, स्थानीय कला संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने, मेलाका माध्यमबाट समाजमा जनचेतना प्रवाह गर्ने र मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखिएको छ ।

केन्द्रको विधान र दर्ता अनुसार सञ्चालनमा रहेको यस संघले दाङ जिल्ला भरिका कलाकारहरुको क्षेत्रमा काम गर्दै आइरहेको छ । राष्ट्रिय संगितकर्मी संघ दाङ जिल्ला कार्यसमितिले स्थानीय सरकार, जिल्ला प्रशासन तथा सरोकारवाला निकाय संघ समेत समन्वय गरि मेला आयोजना गर्न लागेको छ । मेलामा करिव २५ हजार दर्शकले अवलोकन गर्ने र ४० लाख बराबरको कारोबार गर्ने लक्ष्य राखेको संघका अध्यक्ष दिपक बर्माले बताए । मेलामा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँगितिक प्रस्तुती रहने, बाल उद्यानका सामाग्री, डुंगा, चर्खे पिङ तथा
थारु, मगर र अवधी भाषाको साँस्कृतिक प्रस्तुती अध्यक्ष बर्माले बताएका छन् ।

मेलामा सबै वर्गका लागि रु १०० को टिकट रहेको छ । प्रत्येक दिन बेलुका ४ बजे देखि राती १० बजे सम्म सञ्चालन हुने मेला १२ दिन अर्थात भदौ २२ गते सम्म सञ्चालन हुने छ । पत्रकार सम्मेलनको सञ्चालन संघका सचिव तथा साँस्कृतिक संयोजक नरेन्द्र चौधरीले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे