गढवा–७ शान्तिपुरमा वनको डढेलो बस्तीमा पस्दा दुई घर जलेर नष्ट



गढवा–७ शान्तिपुरमा वनको डढेलो बस्तीमा पस्दा दुई घर जलेर नष्ट

देउखुरी ७ वैशाख ।  गढवा गाउँपालिका–७ शान्तिपुरमा लागेको आगलागीबाट दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। चन्दनपर सामुदायिक वनमा सल्किएको डढेलो बस्तीमा फैलिँदा उक्त क्षति भएको हो।

स्थानीयका अनुसार डढेलो बस्तीमा पसेपछि आगलागी तीव्र बनेको थियो। आगो नियन्त्रणका लागि स्थानीयवासी, सुरक्षाकर्मी र सरोकारवाला निकायको प्रयास जारी रहेको छ। गढवा उद्योग वाणिज्य संघका ओमप्रकाश बस्यालका अनुसार वन क्षेत्रमा सुरु भएको आगो विस्तार हुँदै बस्तीमा पुगेको हो। बस्तीमा लागेको आगो नियन्त्रणमा आएपनि वनमा लागेको डढेलो अझै नियन्त्रणमा आइसकेको छैन्। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र प्रभावित परिवारलाई राहत उपलब्ध गराउने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे