प्यूठानमा बस्तीमा सल्किएको आगोले १३ घर गोठ जलेर नष्ट, करिब ९० चाैपाया जलेर मरे
दाङ २२ चैत । प्यूठानमा बस्तीमा आगो सल्किदा स्थानीयका १३ घर गोठ जलेर नष्ट भएका छन् । आगलागीमा परि ८२ बाख्रा र ९ वटा गोरुपनि जलेर मरेका छन् । १ बाख्रा र १ बँगुर जलेर घाइते अवस्थामा फेला परेका छन् । आगलागीबाट झन्डै एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइका अनुसार जिल्लाको ऐरावती गाउँपालिका – १ छेडाघाटका स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट आगो सल्किएर बस्तिमा फैलिएको थियो । मध्य राति बस्तिमा आगो कसरी सल्कियो भन्ने बारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
कोही मानिस नबस्ने र बस्तु चौपायासमेत नभएको खाली गोठमा मध्य राति एकाएक आगो सल्किएर क्षति भएको थियो । आगलागीबाट स्थानीय देवानसिंह रानाको फुसले छाएको गोठ, बिबकाश रानाको गोठ, लक्ष्मण रानाको गोठ, इश्वरी रानाको कच्ची घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । इश्वरीको घर परिवारको भाँडा वर्तन, लत्ता कपडा, खाद्मान्न, तीन वटा गोरु, १५ बाख्रा जलेर मरेका छन् । त्यस्तै रमेश र्घीको एक घर, एक गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ ।आगजनीमा परि घर्ती परिवारका ६ वटा बाख्रा मर्नुका साथै भाँडा वर्तन, लत्ता कपडा, आधा तोला सुन र ५० हजार जलेर नष्ट भएको छ ।
त्यस्तै स्थानीय ओमबहादुर रेश्मी मगरको एक घर, दुई गोठ पुर्ण रुपमा जलेर नष्ट हुनुका साथै उनीहरुले पालेका ३३ बाख्रापनि जलेर मरेका छन् । यो परिवारका भाँडा वर्तन, खद्मान्न, लत्ता कपडा, नगद साढे ७१ हजार जलेर नष्ट भएको छ । स्थानीय भुपाल रोकाको एक घर र एक गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
उनीहरुले पालेका १८ बाख्रा मर्नुका साथै घरमा रहेको नगद दुई लाख र आधा तोला सुनपनि जलेर नष्ट भएको छ । स्थानीय गुमा रजालीको एक घर र एक गोठ जलेर नष्ट भएको छ । उनीहरुका घरमा लत्ता कपडा, भाँडा बर्तन र खाद्यान्न जलेर नष्ट भएको छ । रजाली परिवारले पालेको एउटा बँगुर जलेर घाइते भएको छ ।
आगलागीमा परि स्थानीय बलबहादुर रजालीको एउटा घर र एउटा गोठ पूर्ण रुपमा जलेर नष्ट हुँदा लत्ताकपडा खाद्यान्न, भाडाबर्तन सबै जलेर नष्ट भएको छ ।
त्यस्तै झबिन्द्र रजालीको एक घर र एक गोठ भाँडा बर्तन , लत्ता कपडा र खाद्यान्न जली नष्ट भएको छ ।
स्थानीय घनबहादुर रानाको एक घर र एक गोठ पूर्ण रुपमा जलेर नष्ट हुनुका साथै १५ बाख्रा २ वटा गोरु ४ कुखुरा जलेर मरेका छन् । देवबहादुर रजालीको एक गोठ जलेर नष्ट हुनुका साथै १५ वटा बाख्रा जलेर मरेका छन् । त्यस्तै स्थानीय डिला रजालीको एक गोठ आगलागीमा परि पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यसबाट एउटा बाख्रा जलेर घाइते भएको छ भने दुई गोरु जलेर मरेका छन् । मध्यराति पौने १२ बजेतिर रानाको कच्ची गोठबाट फैलिएको आगो बस्तिमा फैलिन थालेको खबर पछि ईलाका प्रहरी कायाकलय बिजुवार, प्रहरी चौकी दाङवाङ, जिल्ला प्रहरी कार्यालय प्यूठान बाट प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीसहित ३० जना प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयको सहयोगमका बिहान ७ बजेमात्रै आगो नियन्त्रणमा आएको थियो । आगलागी बाट कुल साढे ९३ लाख बराबरको धनमान जलेर नष्ट भएको जिल्ला प्रहरी प्रबक्ता हरि भट्टराइले जानकारी दिए ।
