लमही मालपोत र नापी कार्यालयबाट ६ तथा तुलसीपुरबाट १० जना बिचौलीको आरोपमा पक्राउ
दाङ २२ चैत । मालपोत कार्यालय तुलसीपुरबाट १० जना र लमही मालपोत तथा नापी कार्यालयबाट ६ जना गरि आइतबार प्रहरीले १६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
तुलसीपुरबाट नियन्त्रणमा लिइएका मध्य दुई जना सेवाग्राही हुन । आठ जना भने लेखापढी ब्यबसायी हुन । मालपोत कार्यालय तुलसीपुरमा जग्गा किनबेचका लागि पुगेका सेवाग्राहीहरु पदम बस्नेत र संगीता नेपालीलाई पनि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय तुलसीपुरमा लगिएको छ । नेपाली जग्गा बेच्न भनेर र बस्नेत जग्गा किन्न गएका ब्यक्तिहरु हुन । मालपोत कार्यालय तुलसीपुरबाट लेखापढीका लागि प्रमाण पत्र प्राप्त गरेका प्रमोद अधिकारी, दण्डीराम बस्नेत, प्रदीपकुमार रेग्मी, शेबकराम आचार्य, भिमकान्त लामिछाने, रामबहादुर चौधरी र अरुण चौधरीलाई पनि नियन्त्रणमा लिइएको छ । लेखापढी ब्यबसायी संघका अनुसार उनीहरु सबै संग त्यो पेशा गर्न पाउने प्रमाण छ ।
त्यस्तै आइतबार नै प्रहरीले मालपोत तथा नापी कार्यालय बाट बिचौलीको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार मालपोत कार्यालय लमहीबाट पाँच जना र नापी कार्यालय लमहीबाट एक जना गरी ६ जना लेखापढी ब्यबसायीलार्य बिचौलीयाको आरोपमा नियन्त्रणमा लिइएको छ । इप्रका तुलसीपुरले भने पक्राउ परेका ब्यक्तिबारे आधिकारिक रुपमा जानकारी दिएको छैन । तर, जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले भने माथिको आदेश अनुरुप बिचौलियाको भूमिका खेलेको आशंकामा सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिनु परेको बताए । प्रहरीलाई केन्द्र बाट त्यसबारे परिपत्र आएको र सोही अनुरुप बिचौलीका आशंकामा बिभन्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ भइ रहेको उनले बताए ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार मलपोत कार्यालय घोराहीबाट शुक्रबार दुई जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई सोधपुछ पछि प्रमाणका आधारमा छोडिएको उनले बताए । लेखापढी ब्यबसायीले हरेक बर्ष मालपोत कार्यालय बाट त्यो पेशाका लागि लाइसेन्स (प्रमाण) प्रदान गरिदै आएको छ । उनीहरु बाहेक अन्यले त्यो काम गर्न पाइदैन । त्यस्तै ब्यक्तिहरुले बिचौलियाको भूमिका निर्वाह गर्ने आशंकामा राज्यले केन्द्रबाटै बिचौलिया खोज्ने अभियान संचालन गरेको हो । त्यसैलेका शिलशिला अनुरुप दाङका तुलसीपुर, घोराही र लमहीका मालपोत कार्यालयबाट बिभिन्न ब्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएकाहरु संग अहिले सोधपुछ चलिरहेको छ । पक्राउ परेकाहरु संग लाइसेन्स माग गरिएको छ । तुलसीपुरमा प्रहरी नियन्त्रणमा रहेका मध्य एक जनाले आँफुहरु सबै संग लेखापढी संघको लाइसेन्स (प्रमाण्) उपलब्ध रहेको दाबी गरे । आँफुहरुलाई अनावश्यक दुःख दिइएको उनले बताए । प्रहरी नियन्त्रणमा रहेका एक जनाले फरककोण संगको फोन सम्बादमा आँफु सौचालयमा गएको समयमा अनावश्यक रुपमा नियन्त्रणमा लिइएको बताए ।
