दाङ-१ मा कांग्रेसका योगेन्द्र चाैधरीलाई भारी मतले हराउँदै रास्वपाका देवराज पाठक विजयी



दाङ-१ मा कांग्रेसका योगेन्द्र चाैधरीलाई भारी मतले हराउँदै रास्वपाका देवराज पाठक विजयी

देउखुरी २३ फागुन । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक फराकिलो मतान्तर सहित विजयी भएका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा पाठकले नेपाली कांग्रेसका सह-महामन्त्री याेगेन्द्र चाैधरीलाई २७ हजार ३ सय २२ मतान्तरण सहित पछि पार्दै ४२ हजार ६ सय २ मत प्राप्तगरी निर्वाचित भएका हुन।कांग्रेसका चाैधरीले १५ हजार २ सय ८० मत प्राप्त गरे भने नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८ सय २५ मत प्राप्त गरे ।

नेपाली कम्युनिस्ट पार्टीका मेटमणी चाैधरीले ४ हजार ९ सय ६५ मत प्राप्त गरे । यस निर्वाचन क्षेत्रमा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी स्वतन्त्र चुनाव लडेका थिए । उनले १ हजार तीन सय ८४ मत प्राप्त गरे । यहाँ८० हजार ९ सय ५९ मत खसेकाे थियाे । दाङ १ मा १ लाख ४० हजार १ मतदाता थिए । यहाँ १४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे