राप्ती प्रादेशिक अस्पतालमा ‘सीटी स्क्यान’ सेवा सुरु, मुख्यमन्त्री पोख्रेलद्वारा उद्घाटन



राप्ती प्रादेशिक अस्पतालमा ‘सीटी स्क्यान’ सेवा सुरु, मुख्यमन्त्री पोख्रेलद्वारा उद्घाटन

तुलसीपुर २६ पुस । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिकमा ‘सीटी स्क्यान’ सेवा सुरु भएको छ । सीटी स्क्यान सेवाको आईतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका हुन् । अस्पतालमा सेवा सुरु भएसंगै अब सीटी स्क्यान सेवाकालागि तुलसीपुर भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य भएको छ ।

लुम्बिनी प्रदेश सरकारको साढे ३ करोड लागतमा उक्त सेवा सुरु गरिएको हो । यस्तै अस्पतालको नर्सिङ तथा चिकित्सक क्वाटरको पनि उद्घाटन गरिएको छ । संघीय सरकारको साढे ६ करोड लागतमा निर्माण भएका पाँचवटा भवन मध्ये तीन वटा नर्सिङ् क्वाटर र दुईवटा चिकित्सक क्वाटर रहेका छन् । क्वाटरमा २४ परिवार बस्न मिल्ने अस्पतालका व्यबस्थापक दोर्ण वलीले बताए ।

त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले मुलुक संघीय सरकारमा गएसंगै अञ्चल अस्पतालबाट प्रादेशिक अस्पतालका रुपमा अगाडी बढाईएको भएपनि अझै पनि सेवाका हिसाबले प्रादेशिक अस्पतालका रुपमा विकास हुन नसकेको बताए । पूर्वाधार निर्माण भएपछि अस्पतालको पनि क्षमता विस्तार हुने बताए । यस अघि अस्पतालमा चिकित्सकहरु बस्न समेत नमान्ने गरेको भन्दै अब सुविधासम्पन्न क्वाटर निर्माण भएपछि त्यो समस्या नरहने उनको भनाई छ ।

‘पहिले यहाँ चिकित्क बस्न पनि नमान्ने खालका समस्था थिए । अब सुविधासम्पन्न भवन निर्माण भएपछि यहाँ बस्न चहाने प्रबृतिमा विकास होला जस्तो लाग्छ’, उनले भने‘चिकित्सकका हिसाबले उपयुक्त जिल्ला भएपनि यहाँ आउन नचाहाने एकखालको अबस्था थियो, तर, अहिले दाङमै सरुवा मिलाईदिन प¥यो भनेर चिकित्सकहरु आउने अवस्था छ ।’

साथै मुख्यमन्त्री पोखरेलले अस्पतालको जग्गा मिचिएको भन्दै त्यो जग्गा खाली गर्ने विषयमा सहजीकरण गर्नुपर्ने बताए । स्वयं ब्यक्तीले नै अस्पताल जस्तो पबित्र थलोको जग्गालाई खाली गरेर बास्तविक सुकुम्वासी भए विवरण भर्न समेत अनुरोध गरे । उनले चिकित्सक तथा कर्मचारीहरुलाई पूर्वाधार निर्माणमा कुनै चासो नदिन समेत निर्देशन दिए ।

‘पूर्वाधार निर्माणमा तपाईहरुले चासो नदिनुस्, पूर्वाधार हामी निर्माण गर्छौं’, उनले भने‘तपाईहरुले कसरी प्रभाबकारी सेवा दिने भन्ने विषयमा चासो दिनुस् ।’ अहिले रेफर अस्पतालका रुपमा रहेको भन्दै यो समस्या अन्त्य हुनुपर्ने उनको भनाई छ । साथै अहिले डाक्टरहरु निजि क्लिनिकमा जाने गरेकाले सरकारी अस्पतालको सेवा प्रभाबकारी हुन नसकेको भन्दै निजि क्लिनिक जस्तै गरि अस्पताल भित्रै सेवा दिन सक्ने गरि नीति निर्माण गर्न तर्फ आफूले ध्यान दिने समेत बताए ।

त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले अहिले अस्पतालमा जनशक्ति अभाब हुँदा सेवा प्रभाहमा समस्या रहेको बताए । अस्पताल दुईसय बेडमा रुपान्तरित भएपनि अहिले पनि ५० बेड जति मात्रै जनशक्ति भएको बताए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अस्पतालमा आइसियु सेवा विस्तारकालागि भवन निर्माण प्रक्रिया अघि बढेको बताए । भवन निर्माणकालागि टेण्डर प्रक्रिया अघि बढेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे