दाङ क्षेत्र नं.१ मा एमालेबाट रेवतीरमण शर्माकाे उम्मेदवारी दर्ता : को हुन् शर्मा
लमही ७ माघ । दाङ निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेबाट रेवतीरमण शर्माले मनाेनयन दर्ता गराएका छन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि उनले मनाेनयन दर्ता गराएका हुन । सन्तुलित विकासकाे अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न आफुले उम्मेदवारी दिएकाे शर्माकाे भनाइ छ ।
को हुन् शर्मा
२०३५ सालमा अखिल विभाजनसँगै उनी अखिल छैठौंमा आवद्ध भएका थिए । २०३९ सालमा उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे ।
२०६२-२०६३ सालमा जनआन्दोलनको नेतृत्व पनि दाङमा घिमिरेले गरे । २०५९ देखि २०६२ सालसम्म तत्कालीन नेकपा एमालेको जिल्ला सचिव भएर काम गरे । दाङ क्षेत्र नम्बर १ को (२) बाट टिकट दिइयो । उनि भारी मतले निर्वाचित भए ।
उनको जीवनशैलीले नै सरल, सन्तुलित र अहंकारविहीन छ । यही कारण उनलाई नजिकबाट चिन्नेहरू ‘नेतृत्वभन्दा भरोसा’ को रूपमा बुझ्छन् ।
सुरक्षित शैक्षिक पेशा त्यागेर कम्युनिस्ट आन्दोलन रोजेका उनको जीवनको जोखिमपूर्ण तर ऐतिहासिक निर्णय थियो । त्यो निर्णय सुविधा खोज्नेहरूको बाटो थिएन, बरु विचार र प्रतिबद्धताको कठिन यात्रा थियो । त्यही यात्राले उनलाई आजसम्म पनि लोभ, लालच र सत्तामुखी राजनीतिबाट टाढा राखेको देखिन्छ ।
राजनीतिमा चमकभन्दा चरित्र टिकाउ हुन्छ भन्ने उदाहरण बनेका छन् रेवतीरमण शर्मा घिमिरे । अहिले उनि पार्टी भित्र केन्द्रिय लेखा आयोग सदस्यको जिम्मेवारीमा छन् ।

