गोरखा स्कुल लमहीको बार्षिकोत्सव, शिक्षामा गरिएको लगानी कहिल्यै खेर जाँदैन : मन्त्री तिमिल्सिना



गोरखा स्कुल लमहीको बार्षिकोत्सव, शिक्षामा गरिएको लगानी कहिल्यै खेर जाँदैन : मन्त्री तिमिल्सिना

लमही १९ पुस । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा र सामाजिक क्षेत्रमा गरिएको लगानी कहिलेपनि खेर नजाने बताएका छन् ।

गोरखा मोडेल सेकेन्डरी स्कुल लमही दाङको सातौं बार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै मन्त्रि तिमिल्सिनाले शिक्षा र सामाजिक क्षेत्रमा गरेको लगानीले भविस्यमा प्रतिफल दिने बताएका हुन् ।‘बाटो भोलि बनाउन सकिन्छ । पुल भोलि बनाउन सकिन्छ । तर, शिक्षामा आजै लगानी गर्नुपर्छ । यसले भविस्य निर्धारण गर्ने भएकाले हाम्रो ध्यान शिक्षा र सामाजिक क्षेत्रलाई रुपान्तरण गर्न तल्लिन छ’मन्त्री तिमिल्सिनाले भने,‘प्रदेश सरकारले शैक्षिक गुणस्तर अभिवृद्धिगर्नेगरी काम गरिररहेको छ ।’ साक्षर प्रदेश घोषणा गरेको बारेमा बताउदै उनले सिकाइलाई निरन्तर जारी राख्नुपर्ने धारणा राखे । सरकारले सामुदायिक र संस्थागत विद्यालयलाई सुदृढ बनाएर लैजाने नीति अवलम्बन गरेको जानकारी दिदै दक्ष, सिपयुक्त जनशक्ति उत्पादननै सबैको साझा जिम्मेवारी रहेको बताए ।

प्रदेशमा प्राविधिक विश्व विद्यालय स्थापना गरेर दक्ष जनशक्ति उत्पादनको अभियानमा प्रदेश सरकार रहेको, यसमा सबैको साथ सहयोगको खाँचो पर्ने स्पष्ट पारे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद घर्तीको अध्यक्षता तथा सामाजिक विकास मन्त्री तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले संस्कारयुक्त शिक्षानै अहिलेको प्रमुख आवश्यकता भएको बताए । सो अवसरमा शिक्षा, समन्वय इकाइ दाङका प्रमुख देवमणी चौधरी, काठमाडौं विश्व विद्यालयका सन्दिप ढुंगाना लगायतले वालमत्रै, प्रविधियुक्त सिकाई अपरिहार्य रहेको चर्चा गरे । गोर्खा ग्रुपमका प्रमुख कार्यकारी अधिकृत नवलसिंह जिएमको स्वागत तथा बिषयप्रवेशबाट सुरुभएको कार्यक्रममा प्राचार्य लोकमान रिजालले विद्यालयको उपलब्धि र भावि योजनाबारे प्रकाश पारे । कार्यक्रमको सहजीकरण प्रकाश वली र शिला रिजालले संयुक्तरुपमा गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले नव प्रवर्तनका विभिन्न उपकरण तथा आविस्कारहरु प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे