राष्ट्रिय जनसंख्या निति समयसापेक्ष हुन आवश्यक छ : स्वास्थ्य मन्त्री सारु
भालुवाङ ३ पुस । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नेपालको राष्ट्रिय जनसंख्या निति समयसापेक्षा र आवश्यकताका आधारमा हुनुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँले आज बिहिबार प्रदेश राजधानी दाङको भालुवाङमा आयोजना गरेको राष्ट्रिय जनसंख्या निति २०८२ सार्वजनिकीकरण तथा अभिमुखकरण कार्यक्रममा बोल्दै मन्त्री सारुले यस्तो बताएका हुन् ।
मन्त्रीले राष्ट्रिय जनसंख्या निति आम नागरिकको जीवनयापन, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, प्रकृति र संस्कृतिलाई व्यवस्थीत तथा गुणस्तर बनाउने खालको हुनुपर्ने बताए । उनले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य पहुँच भन्दा गुणस्तर बनाउने सवालमा गम्भीर भएर लागेको बताए । मन्त्री सारुले निति राज्य संञ्चालकहरु सहजका लागि भन्दा पनि नागरिकका आवश्यकता, माग र समय सान्दर्भिन हुन आवश्यक रहेको बताए ।

स्वास्थ्य मन्त्रालयकी सचवि दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षता एवम् स्वास्थ्य मन्त्री खेमबहादुर सारुको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले अझै पनि जनसंख्या निति आम नागरिकहरुको आवश्यकतालाई सम्बोधन गर्ने गरी बन्न नसकेको बताएका थिए । उनीहरुले निति बनाउने तर कार्यान्वयन हुन नसक्ने प्रबृति पनि ब्यापक रहेको उल्लेख गर्दै बक्ताहरुले जनसंख्या निति परिमार्जन हुन आवश्यक रहेको टिप्पणी गरेका थिए ।
सो अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डे, सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारी, युवा तथा खेलकुद मन्त्रालयकी सचिव हरिकला सारुमगर, प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरी, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरी लगायतका बक्ताले बोलेका थिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप—सचिव झबिन्द्रप्रसाद पाण्डेले नेपालको समग्र जनसाङ्ख्यिक अवस्था सम्बन्धी र मन्त्रालय कै सह—सचिव हेमराज सुवेदीले राष्ट्रिय जनसंख्या निति, २०८२ का बिशेषता सहित नितिका बिषयमा बिस्तृत रुपमा जानकारी गराएका थिए । कार्यक्रमको सहर्जीकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शाखा अधिकृत पिताम्बर रिमालले गरेका थिए ।



