स्ववियुद्धारा ऐरावती आदर्श बहुमुखी क्याम्पसमा स्वागत कार्यक्रम सम्पन्न
भालुवाङ २९ मंसिर । दाङ राप्ती गाउँपालिका–२ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को आयोजनामा स्नातक तह वि.वि.एस, वि.एड प्रथम वर्षका र स्नातकोत्तर एम.एड प्रथम सेमेस्टरका विद्यार्थीहरुको स्वागत कार्यक्रम सोमबार होटल पौवा भालुवाङमा सम्पन्न भएको छ । स्ववियू सभापति विनोद सोनीको अध्यक्षता एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवराज खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले क्यापसमा स्नातकोत्तर तह तर्फ एम एड कार्यक्रम सञ्चालन भइरहेको र व्यवस्थापन तर्फ एमविएस कार्यक्रम सञ्चालनका लागि त्रिभुवन विश्व विद्यालयमा प्रस्तावना गरि सञ्चालनको तयारीमा रहेको बताए । त्यस्तै उनले क्याम्पसलाई प्रविधिमैत्री बनाएको, विद्यार्थीको भाषिक सीप तथा पेशागत सीप, नेतृत्व तथा क्षमता विकास, खेलकुदका अतिरिक्त सुचना प्रविधि सँग जोड्ने प्रयन्तशिल रहेको समेत बताए।
कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरु चन्द्रप्रकाश वली, तुलसीराम पौडेल, शिक्षा संकाय प्रमुख भेषबहादुर बुढाथोकी, विद्यार्थीहरू सिर्जना अधिकारी, पुजा कुवर, खुमबहादुर चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्ववियु उपाध्यक्ष निराजन शर्माको स्वागत मनत्व्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन स्ववियू सहसचिव चञ्चल सुनारले गरेका थिए । स्ववियुको नेतृत्व विनोद सोनीले गर्न थालेपछि क्याम्पसमा नियमित खेलकुद भइरहेको, खेल सामाग्री उपलब्ध गराइएको, एउटा स्कुल बस भाँडामा थप भएको, खेलमैदानमा बस्न फलामे बेन्च निमार्ण, ग्लोबल आइएमई बैंकको समन्वयमा वित्तीय साक्षरता कार्यक्रम, पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत फूलको बुके तालिम, परीक्षा शुल्क घटाउने काम भएको र विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन भइरहेको छ ।

