मार्क इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न : ४० जनाले गरे रगत दान



मार्क इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न : ४० जनाले गरे रगत दान

दाङ ५ मंसिर । दाङको घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा अध्यापनरत प्राध्यापक, कर्मचारी र अध्ययनरत विद्यार्थीहरुले आज शुक्रवार रक्तदान गरेका छन । घोराही बैकर्श क्लव दाङले समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराही दाङको प्राविधिक सहयोग र कलेजसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।

घोराही बैकर्श क्लव दाङका अध्यक्ष कमल रेग्मीको सभापतित्व एंव मार्क इन्टरनेशनल कलेजका प्रमुख लालमणि बसेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपाने, कलेजका कोर्डिनेटर कृष्णबहादुर केसी, रिसर्ज कोर्डिनेटर नौलाबहादुर खड्का, कलेजका प्राध्यापकहरु यज्ञबहादुर खत्री, प्रियब्रत आचार्य, श्यामकुमार आचार्य, सन्दिप न्यौपाने, खडानन्द खनाल, गेहेन्द्रराज अधिकारी लगायतका बक्ताहरुले रक्तदान जीवन दान भएको भन्दै रक्तदानको महत्वका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बैकर्श क्लव घोराहीका कोषाध्यक्ष कृष्णप्रसाद भट्टराई, हिमालयन बैकका शाखा प्रवन्धक केशव तिवारी, ग्लोवल बैकका टेकराज विताडी र उमंग शर्मा, लम्विनी बैकका युवराज भण्डारी, एसविआई बैकका संजिव ढुङ्गेल, एभरेष्ट वैकका शिवप्रसाद श्रेष्ठ पनि रक्तदान गर्नु भएको कलेजका प्राध्यापक यज्ञ केसीले जानकारी दिए । यसैगरी दधिराम न्यौपाने, सुदिप रिजाल, बासुदेव सुवेदी, निर्पेश पौडेल, कल्पना डागी, नितेश डाँगी, अनिलकुमार चौधरी, एकराज राना, मनोज चौधरी, अमित सिंह टिंकरी, शान्ति वली, आरती चौधरी, शर्मिला कुमारी परियार, सिता घर्ति मगर, सन्तोष पोख्रेल, अमृत पुन मगर, हर्षित चौधरी, सुदन चौधरी, रितमान पुन मगर, मजय विक, पुजन प्रधान, संगिता पुन मगर, अंजली नेपाली, संजिव ढुंङ्गल, कृष्णप्रसाद राउद, केशव ज्ञवाली, मञ्जरी सुनार, आकाश परियार, गिरबहादुर रोका क्षेत्री, सम्झना खड्का, शान्तिा रोका, समिक्षा गौतम, सञ्जना केसी, शिवकृष्ण केसी, रिमबहादुर बुढा क्षेत्री, बिरेन्द्रबहादुर हिलान, सूर्यमणि सार्कि, यमुना गौतम, सरिता डागी, देविका केसी लगायतकाले रक्तदान गरेका थिए ।

घोराही बैकर्श क्लव दाङका अध्यक्ष कमल रेग्मीले कार्यक्रम सफल पार्न सहयोग गर्ने मार्क इन्टरनेशनल कलेजका प्रमुख लालमणि बसेल र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेलाई कृतज्ञता पत्र प्रदान गरेका थिए । कार्यक्रमको सहजिकरण घोराही बैकर्श क्लव दाङका सचिव कृष्णबहादुर साउदले गरेका थिए । घोराही क्षेत्रको पुरानो निजी कलेजका रुपमा लोकप्रिय मार्क इन्टरनेशनल कलेजमा स्नातक तहमा विवीएस र स्नातकोत्तर तहमा एम वि एस को पठनपाठन हुँदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे