दाङकाे तुलसीपुरमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसकाे अवसरमा विविध कार्यक्रम सम्पन्न



दाङकाे तुलसीपुरमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसकाे अवसरमा विविध कार्यक्रम सम्पन्न

तुलसीपुर ४ मंसिर । दाङकाे तुलसीपुरमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसकाे अवसरमा विविध कार्यक्रम सम्पन्न भएकाे छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका शाखाको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा, नगर स्तरीय बाल सञ्जाल, तुलसीपुर उपमहानगरपालिका वडा नं ३, नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तथा जनता आधारभूत विद्यालय हरनेटीको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको हाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमाकुमारी घर्तीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कक्षा १ देखि ३ कक्षा सम्म बालबालिकाहरुको कुर्सी दौड प्रतियोगितामा रितु वली प्रथम,  गिता बुढा द्वितीय,  प्रसन्न पुन तृतीय र  समीर पुन सान्त्वना भएका थिए । त्यस्तै कक्षा ४ देखि ५ सम्म बालबालिकाहरुको हिसाब दौड प्रतियोगितामा सुदिप पुन प्रथम, आयुष्मा थापा द्वितीय,  कमला कवर तृतीय र आयुसा सिन्जाली सान्त्वना भएका थिए । यस्तै कक्षा ६ देखि ८ सम्मका बालबालिकाहरुको स्मरण शक्ति जाँच गर्ने  प्रतियोगितामा मेघराज राणा प्रथम, अर्णय पुनमगर द्वितीय, नारायण बुढाथोकी तृतीय र खुमा वली सान्त्वना भएका थिए । कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई पुरस्कर र प्रमाणपत्र समेत प्रदान गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे