प्रदेश सभाका गतिविधिलाई पारदर्शी र जवाफदेही बनाइएको छ : सभामुख घर्ती



प्रदेश सभाका गतिविधिलाई पारदर्शी र जवाफदेही बनाइएको छ : सभामुख घर्ती

भालुवाङ २८ कार्तिक । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभाका गतिविधिलाई पारदर्शी र जवाफदेही बनाइएको बताउनु भएको छ । यसले जनतामा प्रदेश सभाको पहुँच वृद्धि हुने बिश्वास व्यक्त गरेका छन् ।

लुम्बिनी प्रदेश सभा सचिवालयको संयोजनमा गभर्नेन्स ईन्टरनेश्नल नेपालको आयोजनामा राप्ती उपत्यका देउखुरी स्थित प्रदेशसभा सचिवालयमा शुक्रवार आयोजना गरिएको संसदीय खुलापन, बाह्य पहुँच र प्रादेशिक अभ्यास सम्बन्धी परामर्श कार्यक्रममा सभामुख घर्ती मगर सो कुरा बताएका हुन् । सभामुख घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु र सहभागीहरुले सभा र सरकारको काम कार्बाहीमा पारदर्शिता र जवाफदेहीताले संसदीय खुलापनको अनुभुति दिन सक्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले संसदीय खुलापनका लागी लुम्बिनी प्रदेश सभामा गरिएको अभ्यासको बारेमा चर्चा गरे । कानुन उपसचिव लोकमणि पाण्डेको संचालनमा भएको कार्यक्रममा गभर्नेन्स ईन्टरनेश्नल नेपालका डाईरेक्टर कृष्ण सापकोटाले कार्यक्रमको अवधारणा र उदेश्यमाथी प्रकाश पारे ।

कार्यक्रममा प्रदेश मामिला तथा कानुन समितीका सभापति दिल कुमारी बुढा, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जमुना ढकाल, लोकतान्त्रीक समाजबादी पार्टी संसदीय दलका प्रमुख सचेतक हेमा बेल्बासे, जनता समाजबादी पार्टी संसदीय दलको नेता भण्डारीलाल अहिर, लुम्बिनी प्रदेश सभा सचिब दुर्लभकुमार पुन, उपन्यायाधीबक्ता चन्द्रबहादुर सिंजाली, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा , गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशिला बेल्बासे लगायत उद्योगी व्यवसायीहरु, नागरिक समाजका प्रतिनिधि एवं संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे