बिहानी सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न : एक दर्जन बढी सम्मानित
भालुवाङ २३ कार्तिक । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा रहेको बिहानी बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न शनिवार सिसहनियाँमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बामदेव चौधरीको अध्यक्षता एवम् संस्थाका सल्लाहकार देवप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा १ दर्जन बढी व्यक्तित्वहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा असल बचतकर्ता तर्फ श्यामा चौधरी, विद्या बहादुर चौधरी, शिवेश कुमार चौधरी रहेका छन् । त्यस्तै मोबाइल बैकिङ कारोबार तर्फ अजोधी चौधरी, उत्कृष्ट कारोबार तथा व्यवसायी तर्फ शान्तादेवी सुवेदी, बसन्ता उपाध्याय, भगवती पोख्रेल, उर्मिला चौधरी, जेष्ठ सदस्य तर्फ रामप्रसाद उपाध्याय र अलावती चौधरी सम्मानित भएका छन् भने नेतृत्व सम्मान तर्फ रामबहादुर केसी र उत्कृष्ट कर्मचारी तर्फ लेखापाल धनीराम चौधरी पनि सम्मानित भएका छन् ।
सभामा वार्षिक प्रगति प्रतिवेदन सदस्य यमबहादुर चौधरी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष तपेश्वर चौधरी र लेखा सुपरिवेक्षण प्रतिवेदन लेखा संयोजक प्रेमलाल चौधरीले प्रस्तुत गरेका थिए । शिक्षा उपसमितिका संयोजक कालुसिंह थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक बालिका शर्माले गरेकी थिइन् ।


