महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र संरक्षण सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न



महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र संरक्षण सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

देउखुरी १७ कार्तिक । समुदायमा आधारित संस्थाहरूका प्रतिनिधिहरूलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र संरक्षण सम्बन्धि एक दिने क्षमता अभिवृद्धि तालिम दाङ-देउखुरीकाे लमहीमा सम्पन्न भएकाे छ । नेपाल पंक्षी संरक्षण संघ काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रबासी चराहरूकाे संरक्षणका लागि स्थानीय सरकार र समुदायकाे संलग्नता नामक परियाेजना अन्तर्गत समुदायमा आधारित संस्थाहरूका प्रतिनिधिहरूलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न भएकाे हाे ।

समुदायमा आधारित संस्थाहरूका प्रतिनिधिहरूलाई चरा र जैविक विविधता क्षेत्रको बारेमा जानकारी दिई चरा संरक्षणमा र तिनीहरूको बासस्थान संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको संघका परियाेजना अधिकृत भुपाल नेपालीले जानकारी दिए । साे अवसरमा उहाँले पंक्षी संरक्षण संघ, सञ्चालित परियोजना तथा महत्त्वपूर्ण चरा र जैविक विविधता क्षेत्र संरक्षण को विषयमा विस्तृत रुपमा जानकारी गराएका थिए ।

त्यस्तै कार्यक्रममा संघका अर्का परियोजना अधिकृत अमृत नेपालीले चराको महत्व र चराको पहिचान लगायतका विषयमा र संघका अर्का परियोजना अधिकृत दिलिप चन्दले महत्वपूर्ण चरा क्षेत्र र बसाईसराई गरी आउने चराहरूको विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा परिचालन सञ्चालन भएका दाङकाे राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाका सामुदायिक वन समूहका प्रतिनिधिहरू, जैविक विविधता क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरू र स्थानीय संरक्षणकर्मीहरू गरी करिब २५ जनाकाे सहभागिता रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे