जंगली बदेलको आक्रमणबाट चारजना गम्भीर घाइते



जंगली बदेलको आक्रमणबाट चारजना गम्भीर घाइते

लमही १८  पुस । दाङमा बदेलको आक्रमण बाट एक बालक सहित चारजना गम्भीर घाइते भएका छन् । शनिवार विहान दशबजे घाँस दाउरा काट्न भनी नजिकैको  सामुदायिक वनमा गएका थिए । जसमध्ये चारजनालाई दाउरा काट्ने क्रममा जंगली बदेलले आक्रमण गरेको गरेको थियो ।

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँ निवासी ४० वर्षिय हिरादेवि चौधरी, वडा नम्बर २ डोडही निवासी ८ वर्षिय शिरीष गिरी, सोहि ठाउँ निवासी ५५ वर्षिय धनिया चौधरी रहेका छन भने अन्य एक जनाको नाम ठेगाना खुल्न सकेको छैन । बदेलले उनिहरुको खुट्टामा आक्रमण गरेको छ । घाइते मध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको उपचार लमही अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे