नवप्रतिभा आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण



नवप्रतिभा आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

भालुवाङ १ असार । दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले करिव १५ हजार मूल्य बराबरको शैक्षिक सामाग्री वितरण गरेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा रहेको नव प्रतिभा आधारभूत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका गरिव विपन्न विद्यार्थीहरूलाई लक्षित गरी १÷१ वटा झोला, ५÷५ वटा कपी र ३÷३ वटा पेन्सिल वितरण गरिएको संस्थाका अध्यक्ष अशोक बेल्वासेले जानकारी दिएका छन् । संस्थाका अध्यक्ष बेल्वासेको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल पोख्रेलको प्रमुख आतिथ्यतामा सो शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक निर्मला बञ्जाडे, आशाका किरण संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसी, वरिष्ठ उपाध्यक्ष दिवस आचार्य, महासचिव लोकमणी भुसाल, सचिव श्रीधर जिसी, सदस्यहरु स्वस्तिका खनाल, प्रेस संयोजक ओमप्रकाश गुप्ता लगायतको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक शिशिर घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे